विराटनगरको बजेट ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ

विराटनगरको बजेट ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ
+
-
देशसञ्चार AI सारांश
  • विराटनगर महानगरपालिकाले ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गर्दै करको दायरा विस्तारको योजना अगाडि सारेको छ।
  • भवन पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, र पर्यटन क्षेत्रमा बजेट विनियोजन गर्दै राजश्व संकलनलाई थप समावेशी बनाउने लक्ष्य राखिएको छ।
  • मेयर कोइरालाले सुशासन र विकासलाई प्राथमिकता दिने भन्दै जनप्रतिनिधिहरूबीच सहकार्यको महत्त्वलाई विशेष जोड दिएका छन्।

मोरङ – विराटनगर महानगरपालिकाले आर्थिक वर्ष ०८३÷८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। जेनजी आन्दोलनका क्रममा महानगरपालिकाको भवनमा क्षति पुगेपछि महानगरबाहिर गरिएको नगरसभाको १८ औ अधिवेशनबाट सो बजेट सार्वजनिक गरिएको हो।

बजेट सार्वजनिक गर्दै महानगरकी उपमेयर शिल्पा निराला कार्कीले करका दायरा विस्तार गर्न छुटको योजना अघि सारिएको बताइन्।
उनले महानगरपालिकाको राजश्वलाई थप समावेशी, सुदृढ र बलियो बनाउने उद्धेश्यसहित करको दायरा विस्तार गरिएको जानकार िदिइन्। ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्दै उपमेयर कार्कीले हालसम्म करको दायरामा नजोडिएका क्षेत्रको पहिचान गर्ने र दर्ता विना सञ्चालन भइरहेका व्यवसायलाई समेत करको दायरामा भित्राउने लक्ष्य राखिएको बताइन्।

यद्धपि, यसले नागरिकमाथि अतिरिक्त करको भार भने नपर्ने गरि राजश्व संकलन गरिने महानगरको बुझाइ छ। उपमेयर कार्कीका अनुसार आर्थिक वर्षका लागि अनुमानित बजेट अनुसार आम्दानीतर्फ संघीय सरकारकोको वित्तीय समानीकरणबाट ३३ करोड ४३ लाख, सशर्त चालु अनूदानतर्फ ७३ करोड २९ लाख र सर्शत पुँजीगत अनुदानबाट ५६ लाख रुपैयाँ हासिल हुने महानगरको अपेक्षा रहेको छ। त्यसैगरि, प्रदेश सरकारको समानीकरणबाट ३ करोड ६२ लाख ५० हजार, सशर्त चालूबाट ४ करोड, र सशर्त पूँजीगततर्फ ६ करोड ६३ लाख रुपैयाँ आम्दानी हुने महानगरले लक्ष्य लिएको छ।

महानगरले राजश्व वाँडफाँडमा घरजग्गा रजिष्टे«ेसन, मूल्य अभिबृद्धि कर, सवारी साधन, र अन्तः शुल्कतर्फबाट समेत ९२ करोड ५६ लाख रुपैयाँ हासिल हुने अपेक्षा महानगरको छ। त्यसैगरि, महानगरले आन्तरिकतर्फ १ अर्ब २७ करोड, विभिन्न संघसंस्थाको अनुदानमार्फत १ करोड, र बैंक मौज्दात १४ करोड रुपैयाँ प्रयोग गर्ने महानगरले जनाएको छ।


महानगरले पूर्वाधार विकासमा ४३ करोड ५६ लाख रुपैयाँ विनियोजन गरेको छ। जसमा नगरस्तरीय योजनाका लागि ६० करोड र मर्मत सम्भारका लागि १० करोड रुपैयाँ रहेको छ। बहुवर्षीय योजनाका लागि महानगरले ४० करोड रुपैयाँ राखेको छ।शिक्षातर्फ १० करोड ९ लाख, स्वास्थ्यतर्फ ७ करोड ३ लाख, महिला बालबालिका अपांगता र ज्येष्ठ नागरिकको क्षेत्रमा करिब २ करोड रुपैयाँ बराबरको बजेट रहेको महानगरले जनाएको छ।

विपत ब्यवस्थापनमा ९६ लाख, सरसफाइतर्फ १ करोड २८ लाख, सूचना प्रविधितर्फ ६६ लाख, र नगरप्रहरीलाई ३२ लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरि, कृषि विकासमा ४६ लाख, पशुपंक्षी तथा भेटेरिनरीमा १ करोड ४२ लाख, सहकारी प्रवद्र्धनमा ११ लाख, उद्यमशीलता विकासमा६४ लाख, रोजगारी प्रवद्र्धनमा २१ लाख रुपैयाँ र पर्यटन प्रवद्र्धनमा १२ लाख रुपैयाँ खर्च रहने अनुमान छ।

२०८२÷०८३ को बजेट कार्यान्वयनको अवस्था निकै फितलो रहेको बताएकी उपमेयर कार्कीले हालसम्म कुल २ अर्ब २६ करोड २८ लाख रुपैयाँ आय भएको छ। जसमा चालु आर्थिक वर्षमा कुल ३ अर्ब ६८ करोड २८ लाख रुपैयाँ आय हुने अनुमान महानगरले गरेको थियो। यसक्रममा महानगर भौतिक पूर्वाधार विकासतर्फ ४१ करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ। जहाँ महानगरले १ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरेको थियो।

त्यसैगरि, नगरसभामा महानगरका मेयर नागेश कोइरालाले सीमित स्रोत र साधनसंगै जनताको चाहना अपेक्षालाई केन्द्रमा राखेर सुशासन प्रत्याभूत हुनेगरि काम गरेको बताए। गत वर्ष प्राकृतिक स्रोत तथा वित्तिय आयोगको मूल्यांकन कार्य सम्पादनमा विराटनगर महानगरपालिका अन्य ६ भन्दा पहिलो भएको बताए।

यससंगै विराटनगरलाई सम्बृद्ध र विकासित बनाउने महानगरको टोलीले कु्नै कसर बाँकी नराखेको मेयर कोइरालाको भनाई छ। उनले भने, ‘महानगरमा विभिन्न राजनीतिक दल, विचारबाट जनप्रतिनीधिको सहभागिता रहेपनि विराटनगरको विकास, नागरिकको हित महानगरको सम्बृद्धिको विषयमा सबै जनप्रतिनिधिबीच सुमधुर समन्वय कायम रहेको छ।

मुलुकको ७ सय ५३ स्थानीय मध्ये जनप्रतिनिधिबीचको सम्बन्ध अन्यत्र पाउनु हुन्न । यसविच नागरिक, जनप्रतिनिधिबीच बहस, छलफल र मतभिन्नता विराटनगरको विकासकालागि अहम रहेका थिए।’

विराटनगरको सडक, जाइकाको खानेपानी, अटिजम सेवा केन्द्र, ट्राफिक लाइट, वीरेन्द्र सभा गृह, सन्ध्यालिन आरती सम्पन्न भइसकेको मेयर कोइरालाले बताए। यद्धपि, केही ठूला परियोजनाहरु अन्तिम चरणमा रहेको उनले बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…