टरिगाउँ विमानस्थलका लागि २५ करोड विनियोजन

टरिगाउँ विमानस्थलका लागि २५ करोड विनियोजन
फाइल तस्बिर।
+
-
देशसञ्चार AI सारांश
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टरिगाउँ विमानस्थलका लागि रु २५ करोडको बजेट विनियोजन गरेको छ।
  • धावनमार्गलाई २,५०० मिटर विस्तार गर्न जग्गा तथा अन्य पूर्वाधार व्यवस्थापनका लागि बजेट उपयोग गरिनेछ।
  • धावनमार्ग विस्तारपछि ठूला जहाज बस्न सक्ने र नियमित उडान सञ्चालनमा सहयोग हुने अपेक्षा गरिएको छ।

तुलसीपुर- दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलका लागि रु २५ करोड विनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक बजेटमा उक्त विमानस्थलका लागि रु २५ करोड समावेश भएको हो ।

विमानस्थलको धावनमार्गलाई दुई हजार ५०० मिटरसम्म विस्तार गर्न जग्गा व्यवस्थापनसहित अन्य पूर्वाधार व्यवस्थापन गर्न उक्त बजेट विनियोजन गरिएको दाङ निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका सांसद कमल सुवेदीले बताए । उनका अनुसार विमानस्थललाई बहुवर्षीय योजना बनाएर स्तरवृद्धि गरिनेछ ।

“विमानस्थलमा विगतमा ठूलो बजेट आउन सकेको थिएन । जसले गर्दा उक्त विमानस्थल विस्तार हुन सकको थिएन । हाल विमानस्थलको धानवमार्ग ७५० मिटर मात्रै हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले यहाँ १९ सिटे ट्विनअटर मात्रै अवतरण गर्छ । हप्तामा चार दिन उडान भर्ने भनिए पनि नियमित हुन सकेको छैन”, सांसद सुवेदीले भने । स्थानीयस्तरबाट यात्रुले सहज सेवा प्राप्त गर्न सकून् भनेर बजेट व्यवस्थापनका लागि पहल गरिएको उहाँको भनाइ छ ।

धावनमार्ग विस्तार गरेमा ठूला जहाज बस्ने र नियमित उडान भर्न सक्ने भन्दै यस क्षेत्रका सरोकार भएका निकायका प्रतिनिधिले पटकपटक पहल गर्दै आएका थिए ।

टरिगाउँमा नियमित हवाई उडान नहुँदा यस क्षेत्रका यात्रु नेपालगञ्ज वा भैरहवा जाने गरेका छन् । टरिगाउँ विमानस्थल २०११ सालमा स्थापना भएको हो ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…