हुम्लामा मनाइयो लागुऔषध तथा ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस

हुम्लामा मनाइयो लागुऔषध तथा ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस
+
-

हुम्ला –लागुऔषध तथा ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइएको छ। जिल्लाका दुई वटा सुरक्षा निकायद्वारा सो दिवस नारासहितको र्याली निकालेर मनाइएको हो।

लागुऔषधबाट टाढा बसाँै, परिवारको खुसी बचाऔं, दुव्र्यसनलाई नाइँ भनौ, स्वस्थ जीव रोजौलगायत नारासहित प्ले कार्ड बोकेर यो दिवस मनाउने गरिएको सशस्त्र प्रहरी ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र बिकले बताए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले आ–आफ्ना ब्यानर बोकेर यो दिवस मनाएका हुन्। एयरपोर्ट चोकबाट सुरु भएको नारासहितको र्यालीले जिल्ला प्रशासन कार्यालय, काली चोक, बालमन्दिर चोक, काठेचुली चोक, महिला छात्राछवास हुँदै धुपी रुखमा पुगेर कोण सभामा परिणत भएको थियो।

कोण सभालाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले यसका नकरात्मक गुण वढी हुने र सकारात्मक गुण कम हुने भन्दै हुम्ला जिल्ला लागुऔषधका लागि भर्जिन रहेको र त्यसलाई बचाइराख्न आवश्यक रहेको बताए।

कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरिक्षक नन्दबहादुर साउद, राष्ट्रिय अनुसन्धान प्रमुख मेघरा कँडेल, प्रहरी निरीक्षक जंगबहादुर सिंह, सहायक प्रजिअ राजेन्द्र चन्द, रेडक्रस सोसाईटी हुम्लाका सभापति गणेश महतलगायत सहभागी थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…