भेनेजुएला भुकम्पमा ज्यान गुमाउनेको संख्या २ सय ३५ पुग्यो

भेनेजुएला भुकम्पमा ज्यान गुमाउनेको संख्या २ सय ३५ पुग्यो
+
-
देशसञ्चार AI सारांश
  • भेनेजुएलामा शक्तिशाली भूकम्पका कारण २३५ जनाको ज्यान गएको र १,५०० भन्दा बढी घाइते भएको छ।
  • राष्ट्रिय बिदाका कारण धेरै मानिस घरमै थिए र फिफा विश्वकप हेरिरहेका बेला भूकम्प आएको थियो।
  • कराकास विमानस्थल क्षतिग्रस्त भएकाले, राहत पुर्‍याउन कठिनाइ भएको र उद्धार कार्य तीव्र गतिमा भइरहेको छ।

दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमापरी ज्यान गुमाउनेको संख्या २ सय ३५ पुगेको छ। १,५०० भन्दा बढी घाइते भएको जनाइएको छ।

बिहीबार भेनेजुएलामा सन् १८२१ को काराबोबो युद्धको सम्झनामा राष्ट्रिय बिदा परेकाले अधिकांश मानिस घरमै थिए र फिफा विश्वकपका खेलहरू हेरिरहेका थिए। सोही समयमा भुकम्प आउँदा हजारौं मानिसहरु घरका भगनावशेषमै पुरिएको आसंका गरिएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार भग्नावशेषभित्रबाट अझै पनि मानिसहरूको आवाज सुनिएको छ। सरकारले बिहीबार राति ३९ हजारभन्दा बढी मानिस सम्पर्कविहीन रहेको जनाएको छ। भूकम्पले पारेको वास्तविक क्षतिको चित्र अझै पूर्ण रूपमा बाहिर आइसकेको छैन।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार यस भूकम्पका कारण १० हजारभन्दा बढी मानिसको ज्यान जाने सम्भावना ४४ प्रतिशत रहेको छ। त्यस्तै, एक लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने सम्भावना करिब ३० प्रतिशत रहेको अनुमान गरिएको छ।

यस प्राकृतिक विपत्तिबाट भेनेजुएली अर्थतन्त्रमा करिब ९ लाख ५० हजार करोड रुपैयाँ बराबरको क्षति हुन सक्ने आकलन गरिएको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर आपत्काल घोषणा गरेकी छन्।

भूकम्पका कारण ज्यान गुमाउनेको संख्या बढेर २ सय ३५ पुगेको भेनेजुएलाको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ। राहत तथा उद्धारकर्मीहरू अझै पनि भग्नावशेषमा फसेकाहरूको खोजीमा जुटिरहेका छन्।

मन्त्रालयका अनुसार भग्नावशेष हटाउने काम तीव्र बन्दै जाँदा र प्रभावित क्षेत्रमा उद्धार टोली पुग्दै जाँदा मृतकको संख्या निरन्तर बढिरहेको छ। धेरै व्यक्ति अझै बेपत्ता रहेका छन्। प्रभावित क्षेत्रमा सेना, राहत निकाय तथा अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गरिरहेका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने क्षतिग्रस्त भवनहरूको खोजतलास जारी छ।

कराकास विमानस्थल बन्द हुँदा राहत पुर्‍याउन कठिनाइ

भूकम्पपछि अमेरिकामा बसोबास गरिरहेका भेनेजुएली मूलका नागरिकहरू पीडितहरूको सहयोगका लागि अघि आएका छन्। उनीहरूले औषधि, खानेपानी, नगद सहयोग तथा अन्य अत्यावश्यक सामग्री संकलन गरिरहेका छन्। तर राजधानी कराकासको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल भूकम्पबाट क्षतिग्रस्त भएकाले राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउन कठिनाइ भइरहेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…