अन्तिम खेल अगावै पोर्चुगलसहित यी टिम नकआउटचरणमा

अन्तिम खेल अगावै पोर्चुगलसहित यी टिम नकआउटचरणमा
+
-
देशसञ्चार AI सारांश
  • इङ्ग्ल्यान्ड, पोर्चुगल, घाना र पाराग्वेले समूह चरणको अन्तिम खेलअघि नै नकआउट चरणमा स्थान बनाएका छन्।
  • समूह ‘एच’ मा उरुग्वे र स्पेनबीचको हारजीत तथा केप भर्डे र साउदीबीच बराबरीले चार टोलीलाई अवसर दियो।
  • फ्रान्सले अन्तिम ३२ मा स्विडेनसँग खेल्ने भए पनि पाराग्वे समूह ‘डी’ बाट अघि बढ्दै जर्मनीसँग भिड्नेछ।

फिफा विश्वकपअन्तर्गत तीनवटा समूहका खेलहरू बाँकी रहँदा उक्त समूहमा रहेका इङ्ग्ल्यान्ड, पोर्चुगल, घाना र पाराग्वेले आफ्नो अन्तिम समूह खेल खेल्नुअघि नै विश्वकपको नकआउट चरणमा स्थान बनाएका छन्।

समूह ‘ए’देखि ‘आइ’सम्मका नतिजाले अन्तिम तीन समूह अर्थात ‘जे’, ‘के’, ‘एल’का खेलहरू बाँकी रहँदा त्यो समूहमा चार अंक भएका टिमहरूले अन्तिम खेल बाँकी रहँदै नकआउटमा स्थान बनाएका हुन्। अर्थात अब उनीहरूका लागि ४ अंक नकआउटका लागि पर्याप्त भएको हो।

जसका कारण यी चार टोलीले नकआउटमा स्थान बनाएका हुन्। समूह ‘एच’ मा उरुग्वे स्पेनसँग पराजित हुनु र केप भर्डे तथा साउदी अरेबियाबीच गोलरहित बराबरी हुनुका कारण यी चार टोलीको अघिल्लो चरणको यात्रा पक्का भएको हो।

समूह ‘आई’को विजेता बनेको फ्रान्सले अब अन्तिम ३२ मा स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ। त्यसैगरी, दक्षिण अमेरिकी टोली पाराग्वे समूह ‘डी’ बाट अगाडि बढेपछि जर्मनीले अन्तिम ३२ मा पाराग्वेको सामना गर्ने भएको छ।

यससँगै विश्वकपको नकआउट चरणको तस्बिर क्रमशः स्पष्ट बन्दै गएको छ र अन्तिम समूह खेलहरूअघि नै केही टोलीहरूले आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…