रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग
+
-
देशसञ्चार AI सारांश
  • बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई रु १५ लाखको जेनेरेटर र रक्तदान कुर्सी सहयोग गरेको छ।
  • विद्युत् आवतजावतले गर्दा रक्तसञ्चारमा बिग्रने र गुणस्तर खस्किने जोखिम हटाउन जेनेरेटरले महत्त्वपूर्ण भूमिका खेल्नेछ।
  • सेतो रगत उत्पादन गर्न थप सहज बनाउन बागलुङ समाज जापानले कम्पानेन्ट सेन्ट्रिफ्युजका लागि १३ लाख ५० हजार सहयोग गरेको छ।

ढोरपाटन (बागलुङ) – बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई रु १५ लाखको जेनेरेटर र रक्तदान गर्ने कुर्सी सहयोग गरेको छ। नेपाल रेडक्रस सोसाइटीले सञ्चालन धौलागिरि प्रादेशिक अस्पातल क्षेत्रमा सञ्चालन गरेको रक्तसञ्चार केन्द्रबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन जेटेरेटर र कुर्सी सहयोग गरेको हो।

बागलुङमा विद्युत् आवतजावत गर्ने हुँदा रक्तसञ्चारमा रगत बिग्रिने र गुणस्तर खस्किने जोखिम हुँदै आएको थियो। जेनेरेटर सञ्चालन गरेपछि अब उक्त समस्या समाधान हुने नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले बताए। घण्टौँसम्म लाइन नआउँदा फ्रिजमा राखिएको रगत आवश्यक तापक्रमभन्दा बढी तातिने हुँदा बिरामीलाई दिन नमिल्ने हुने उनको भनाइ छ।

लाइन जाँदा रातिमा मोबाइलको लाइट बालेर रक्तदान गर्ने र बिरामीलाई सेतो रगत उपलब्ध गराउनुपर्ने बाध्यता अब हट्ने साभापति आचार्य बताउँछन्। अहिलेसम्म सामान्य व्याट्रीबाट रक्तसञ्चारमा काम हुँदै आएकामा अब व्यवस्थित रूपमा सेतो रगत उत्पादन गर्न र रगतलाई व्यवस्थित रूपमा भण्डारण गर्न सकिने उनले बताए।

सभापति आचार्यले भने, “रक्तसञ्चार केन्द्रमा विद्युत् आपूर्तिमा नहुँदा धेरै समस्या थियो, केही समय अगाडि सेतो रगत उत्पादन गर्न सुरु गरेका थियौँ, तर विद्युत्का कारण समस्या थियो, सहयोगका लागि अमेरिकामा रहनुभएका बागलुङवासीलाई आग्रह गरेका थियौँ, उहाँहरूले सहज रूपमा सहयोग गरिदिनुभयो, अब यहाँबाट प्रवाह हुने सेवा थप प्रभावकारी बन्नेछ।”

बागलुङ सेवा समाज अमेरिकाका महासचिव देवलाल शर्माले विदेशमा रहे पनि आफ्नो देश र जन्मभूमिप्रतिको माया अथाह हुने भन्दै यहाँका समस्या समाधानका लागि आफूहरू लाग्दै आएको बताए।

सेवा समाजले अहिले जेनेरेटरसहितका सामग्री सहयोग गरेर सुरु गरेको उनको भनाइ छ। आगामी दिनहरूमा स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा काम गर्दै जाने प्रतिबद्धता जनाए।

धौलागिरि प्रादेशिक अस्पतालअघि रहेको रक्त सञ्चार केन्द्र रक्त सञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा) नपाइँदा अस्पतालले जटिल प्रकारका समस्या देखिएर सेतो रगत चाहिने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता थियो। तर चार महिनादेखि यही उत्पादन गर्न थालिएको छ। रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पानेन्ट सेन्ट्रिफ्युज) का लागि प्रयोगशालाको पूर्वाधार निर्माण गर्न बागलुङ समाज जापानले १३ लाख ५० हजार सहयोग गरेपछि सेतो रगत उत्पादन गर्न सुरु भएको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…