सरकार सीमाको रक्षा र जनताको सुरक्षा गर्ने कर्तव्यबाट च्युत भएकै दिन सरकारको औचित्य समाप्त हुनेछः भीम रावल

सरकार सीमाको रक्षा र जनताको सुरक्षा गर्ने कर्तव्यबाट च्युत भएकै दिन सरकारको औचित्य समाप्त हुनेछः भीम रावल
+
-
देशसञ्चार AI सारांश
  • नेकपा नेता भीम रावलले लिम्नग्नकेवलाई संवैधानिक र जनताको रक्षा सरकारको मुख्य कर्तव्य रहेको धारणा व्यक्त गरे।
  • रावलले गैरकानूनी जग्गा अतिक्रमणविरुद्ध कानुनी कारबाहीको सुझाव दिंदै विपन्न नागरिकको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताए।
  • संविधानले नेपाललाई राष्ट्रिय हितमा आधारित विदेशी नीति अपनाउन निर्देशन दिएको भएपनि व्यवहारमा लागू नभएको उनले उल्लेख गरे।

काठमाडौँ – नेकपा नेता भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएका छन्।

सोमबार ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रावलले सरकार सीमाको रक्षा र जनताको सुरक्षा गर्ने कर्तव्यबाट च्युत भएकै दिन सरकारको औचित्य समाप्त हुने टिप्पणी गरेका हुन्।

उनले सरकारी जग्गा अतिक्रमण गर्नेलाई कानुनी कारबाही गर्नुपर्नेमा आफू सहमत भएपनि वास्तविक भूमिहीन, श्रमजीवी र विपन्न नागरिकको संरक्षण गर्नु राज्यको पहिलो दायित्व हुने बताए।

उनले संविधानले नेपालको परराष्ट्र नीति संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त र राष्ट्रिय हितका आधारमा सञ्चालन गर्ने तथा विगतका सन्धिहरूको पुनरावलोकन गरी असमान सन्धि नगर्ने व्यवस्था गरेको स्मरण गराउँदै व्यवहारमा पालना गर्न नसकिएको तर्क गरे।

‘हामीले संविधान दुःख गरेर आठ वर्ष लगाएर बनायौँ । संविधान निर्माणमा ३२ अर्बभन्दा बढी खर्च भएको छ । संविधानमा नेपालको परराष्ट्र नीति संयु्क्त राष्ट्र संघको वडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त र विश्व शान्तीमा आधारित रहेर नेपालको सर्वोपरि हितको आधारमा सञ्चालित हुनेछ, उनले अगाडि भने, ‘विगतका सबै सन्धिको पुनरावलोकन गर्ने र असमान सन्धि नगर्ने कुरा लेखिएको छ । तर त्यसपछि नै माथिल्लो कर्णालीमा जानुस् असुमान सन्धि भएका छन् । महाकाली त त्यो भन्दा अगाडि भइहाल्यो।’

माथिल्लो कर्णाली र महाकालीमा असमान सन्धि भएको उनको भनाइ छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…