- ललितपुरको एनोभा स्किन एण्ड हेयर क्लिनिकले नेपालमै पहिलोपटक ‘ट्रिभेलिनी माम्बा’ प्रविधि प्रयोग गरी अत्याधुनिक कपाल प्रत्यारोपण सेवा सुरु गरेको छ।
- उक्त उपकरण अनावरण कार्यक्रममा मिस नेपाल अर्थ डा. सरिसा श्रेष्ठ, क्रिकेटर ललित राजवंशी लगायतका व्यक्तिहरू सहभागी थिए।
- ‘ट्रिभेलिनी माम्बा’ प्रविधिले कपालका फोलिकल निकाल्दा क्षति कम गर्दै प्राकृतिक देखिने परिणाम प्राप्त गर्न मद्दत गर्नेछ।
ललितपुर- जावलाखेलस्थित एनोभा स्किन एण्ड हेयर क्लिनिकले नेपालमै पहिलोपटक ‘ट्रिभेलिनी माम्बा’ प्रविधिमा आधारित अत्याधुनिक कपाल प्रत्यारोपण (हेयर ट्रान्सप्लान्ट) उपकरण भित्र्याउँदै सेवा सञ्चालनमा ल्याएको छ।
ललितपुरमा आयोजित विशेष समारोहमा वरिष्ठ छाला रोग विशेषज्ञ डा. स्मृति श्रेष्ठ, मिस नेपाल अर्थ डा. सरिसा श्रेष्ठ, सामाजिक सञ्जाल इन्फ्लुएन्सर करिष्मा श्रेष्ठ, सुजाता श्रेष्ठ, मान्सी तामाङ, ‘मिस्टर फुडी’ तथा राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीलगायतले संयुक्त रूपमा उक्त उपकरणको अनावरण गरेका थिए।
क्लिनिककी सञ्चालिका डा. स्मृति श्रेष्ठका अनुसार ‘ट्रिभेलिनी माम्बा’ प्रविधि कपाल प्रत्यारोपण प्रक्रियालाई अझ सटीक, सुरक्षित र प्रभावकारी बनाउन विकसित गरिएको हो। उनले यस उपकरणले चिकित्सकलाई प्रत्यारोपणका क्रममा बढी नियन्त्रण र शुद्धताका साथ काम गर्न सहयोग पुर्याउने तथा बिरामीलाई उच्चस्तरीय उपचार अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरिन्।
उनका अनुसार उक्त प्रणालीले कपालका फोलिकल (ग्राफ्ट) निकाल्ने क्रममा क्षति कम गर्दै गुणस्तर कायम राख्न मद्दत गर्छ। साथै, विभिन्न गति र मोड समायोजन गर्न सकिने भएकाले बिरामीको कपाल र छालाको अवस्थाअनुसार उपचार प्रक्रिया सञ्चालन गर्न सकिन्छ।
विश्वका विभिन्न हेयर रिस्टोरेशन केन्द्रहरूमा प्रयोग हुँदै आएको आधुनिक FUE (Follicular Unit Extraction) प्रणालीअन्तर्गत पर्ने यो उपकरणको प्रयोगले उपचार प्रक्रियालाई सहज बनाउनुका साथै प्राकृतिक देखिने परिणाम प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
डा. श्रेष्ठले नेपालमै अन्तर्राष्ट्रियस्तरको हेयर ट्रान्सप्लान्ट सेवा उपलब्ध गराउने उद्देश्यले यो प्रविधि भित्र्याइएको बताइन्। उनका अनुसार कपाल झर्ने समस्याबाट पीडित सेवाग्राहीले अब अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय उपचार सेवा नेपालमै प्राप्त गर्न सक्नेछन्।
कार्यक्रमका अवसरमा भारतका वरिष्ठ छाला रोग विशेषज्ञ डा. असीम शर्मा, धुलिखेल अस्पताल (काठमाडौं विश्वविद्यालय अस्पताल) को छाला रोग विभाग प्रमुख डा. मनिषा सिंह तथा डा. स्मृति श्रेष्ठबीच अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा नेपालको हावापानी, वातावरणीय प्रदूषणलगायतका कारण छाला तथा कपालको स्वास्थ्यमा पर्ने असर, त्यसको रोकथाम र आधुनिक उपचार प्रविधिको भूमिकाबारे छलफल गरिएको थियो।
जावलाखेलस्थित ज्वाला भवनको तेस्रो तलामा रहेको एनोभा स्किन एण्ड हेयर क्लिनिकले अत्याधुनिक प्रविधिमार्फत विश्वस्तरीय कपाल प्रत्यारोपण सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै इच्छुक सेवाग्राहीलाई परामर्शका लागि सम्पर्क गर्न आग्रह गरेको छ।
भर्खरै
लोकप्रिय
