पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ
+
-
देशसञ्चार AI सारांश
  • कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतको फैसलामा दोषी ठहर गर्दै एक महिना कैद सजाय सुनाइएको छ।
  • उनलाई एक लाख रुपैयाँ क्षतिपूर्ति र १० हजार रुपैयाँ जरिवाना तिराउने पनि अदालतले फैसला गरेको छ।
  • भण्डारीमाथि निर्मला पन्त प्रकरणमा गलत तवरले समाचार लेखेको आरोपमा मुद्दा दायर भएको थियो।

काठमाडौं- कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्।

कञ्चनपुर जिल्ला अदालतको फैसला कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई बिहीबार बिहान भीमदत्त नगरपालिका–१८ कटानबाट नियन्त्रणमा लिएको हो।

कञ्चनपुर जिल्ला अदालतले १ जेठ २०८२ मा निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणसँग जोडिएको एक गाली बेइज्जती मुद्दामा भण्डारीलाई दोषी ठहर गरेको थियो।

जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उनलाई उक्त कसुरमा एक महिना कैद सजाय सुनाएको थियो।

कैदका साथै उनलाई १० हजार रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला समेत अदालतले गरेको थियो।

यो मुद्दा निर्मला पन्त प्रकरणसँग जोडिएको छ। उक्त घटनामा तथ्यहीन रूपमा आफ्नो नाम जोडेर समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज बिष्टका छोरा किरण बिष्टले भण्डारी विरुद्ध मुद्दा दायर गरेका थिए।

मुद्दा दायर गर्ने किरण बिष्ट स्वयं पनि पत्रकार हुन् र उनी राष्ट्रिय समाचार समितिमा कार्यरत छन्।

२०७५ साउन १० गते साथीको घरमा पढ्न जान्छु भनी निस्केकी भीमदत्त नगरपालिकाकी निर्मला पन्त भोलिपल्ट निम्बुखेडा खोला किनारको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्।

बलात्कारपछि हत्या गरिएको भनिएको यस बहुचर्चित प्रकरणका वास्तविक आरोपी भने अझैसम्म पहिचान हुन सकेका छैनन्।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…