पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीच ऐतिहासिक सहकार्य: जुलाई ९ मा भर्सन ४.५ सार्वजनिक हुँदै

पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीच ऐतिहासिक सहकार्य: जुलाई ९ मा भर्सन ४.५ सार्वजनिक हुँदै
+
-
देशसञ्चार AI सारांश
  • काठमाडौँ- विश्वप्रसिद्ध मोबाइल गेम पब्जी मोबाइलले आगामी भर्सन ४.५ अपडेटमार्फत नारुटो शिप्पुडेनसँग विशेष सहकार्य गर्ने घोषणा गरेको छ ।
  • गेमरहरूले नारुटो शिप्पुडेनबाट प्रेरित नयाँ गेमप्ले र विशेष फिचरहरूको अनुभव गर्न सक्नेछन् ।
  • सहकार्यअन्तर्गत नारुटोका लोकप्रिय पात्रहरू आधारभूत क्यारेक्टर सेटमा उपलब्ध हुनेछन् भने विशेष बोस फाइटको अवसर पनि पाउनेछन् ।

काठमाडौँ- विश्वप्रसिद्ध मोबाइल गेम पब्जी मोबाइल (PUBG MOBILE) ले आफ्नो आगामी भर्सन ४.५ अपडेट मार्फत लोकप्रिय एनिमे फ्रेन्चाइज नारुटो शिप्पुडेन (NARUTO SHIPPUDEN) सँग विशेष सहकार्य गर्ने घोषणा गरेको छ

जुलाई ९ देखि उपलब्ध हुने यस अपडेटमार्फत गेमरहरूले नारुटो शिप्पुडेनबाट प्रेरित नयाँ गेमप्ले, विशेष फिचर, रूपान्तरित वातावरण तथा रोमाञ्चक इन-गेम अनुभव प्राप्त गर्नेछन्

विश्वका सर्वाधिक लोकप्रिय मोबाइल गेममध्ये पर्ने पब्जी मोबाइल र सांस्कृतिक रूपमा अत्यन्त प्रभावशाली एनिमे फ्रेन्चाइज नारुटो शिप्पुडेनबीचको यो सहकार्य पब्जी मोबाइलको आठ वर्षे इतिहासकै सबैभन्दा महत्वाकांक्षी सहकार्यमध्ये एक मानिएको छ

नारुटो प्रोडक्सन कमिटी (Naruto Production Committee) को प्रत्यक्ष सुपरिवेक्षणमा तयार गरिएको यस सहकार्यअन्तर्गत गेमरहरूले हिडन लिफ भिलेज, होकागे रक र द फाइनल भ्याली लगायत नारुटोको कथामा विशेष महत्व राख्ने स्थानहरूको अनुभव गर्न सक्नेछन्

यसका साथै, गेमरहरूले चिडोरी, रासेङ्गन, स्याडो क्लोन र फ्लाइङ राइजिन जुत्सु जस्ता चर्चित निन्जुत्सु सीपहरू प्रयोग गर्न पाउनेछन् भने नारुटोको कथाको केन्द्रमा रहेको चर्चित पात्र द नाइन टेल्स (The Nine Tails) विरुद्ध विशेष बोस फाइट (Boss Fight) खेल्ने अवसरसमेत पाउनेछन्

सहकार्यअन्तर्गत नारुटो, सासुके, साकुरा, काकाशी, हिनाटा, सुनाडे, जिराइया, गारा र मादारा लगायत लोकप्रिय पात्रहरूमा आधारित विशेष क्यारेक्टर सेटहरू पनि उपलब्ध हुनेछन्

यस सहकार्यबारे टेन्सेन्ट गेम्स (Tencent Games) अन्तर्गत पब्जी मोबाइल पब्लिसिङका हेड भिन्सेन्ट वाङले नारुटोका प्रिय पात्र र कथालाई पब्जी मोबाइलको रोमाञ्चक गेमिङ अनुभवसँग जोडेर अहिलेसम्मकै सबैभन्दा महत्वाकांक्षी र बहुप्रतीक्षित सहकार्य प्रस्तुत गर्न लागेको बताएका छन्

सन् १९९९ मा सुरुआत भएदेखि नै नारुटो विश्वकै सर्वाधिक लोकप्रिय तथा सांस्कृतिक रूपमा प्रभावशाली एनिमे र मांगा सिरिजमध्ये एकका रूपमा स्थापित छ

यस विशेष सहकार्य र जुलाई ९ मा सार्वजनिक हुने भर्सन ४.५ सम्बन्धी थप जानकारी छिट्टै सार्वजनिक गरिने पब्जी मोबाइलले जनाएको छ । गेमरहरूले एप स्टोर र गुगल प्ले स्टोरबाट पब्जी मोबाइल निःशुल्क डाउनलोड गरी यो नयाँ अनुभव लिन सक्नेछन्

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…