सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरूका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरूका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण
+
-
देशसञ्चार AI सारांश
  • सानिमा बैंकले सातै प्रदेशमा गर्भवती र सुत्केरी महिलाहरूका लागि विशेष स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण गर्यो।
  • गर्भावस्था र सुत्केरी अवस्थाका जटिलताहरूबाट महिलाहरूलाई जोगाउन पहल गरिएको इस कार्यक्रमले १,०५० महिलाहरूलाई सेवा दियो।
  • बैंकले भविष्यमा लक्षित वर्गमा सकारात्मक प्रभाव पार्ने सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

काठमाडौँ- सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरूका लागि विशेष स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न गरेको छ

बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा मानवीय हितका क्षेत्रमा पुर्‍याउँदै आएको निरन्तर योगदानकै निरन्तरता स्वरूप समाजका लक्षित वर्गलाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो

गर्भावस्था तथा सुत्केरी अवस्थामा देखिन सक्ने पोषणको अभाव, रक्तअल्पता (Anemia) र अन्य स्वास्थ्य जटिलताहरूबाट आमा तथा नवजात शिशुहरूलाई जोगाउन यो कार्यक्रम फलदायी हुने विश्वास बैंकको छ

कुपोषणजन्य रोगहरूको न्यूनीकरण गर्ने दीर्घकालीन लक्ष्यका साथ आयोजना गरिएको यस अभियानमा देशका विभिन्न स्थानीय निकायहरूसँग समन्वय गरिएको थियो

बैंकका अनुसार सातै प्रदेशका विभिन्न नगरपालिका, गाउँपालिका तथा वडा कार्यालयहरूसँग समन्वय गरी करिब १,०५० जना गर्भवती तथा सुत्केरी महिलाहरूलाई प्रत्यक्ष सेवा प्रदान गरिएको छ

शिविरमा सहभागी महिलाहरूको स्वास्थ्यकर्मीहरूद्वारा आवश्यक स्वास्थ्य जाँच गरिनुका साथै उनीहरूलाई ३ महिनाका लागि पुग्ने स्वास्थ्यवर्द्धक पौष्टिक खाद्य सामग्रीहरू समेत वितरण गरिएको थियो

सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालका अनुसार बैंकले भविष्यमा पनि समाजका लक्षित वर्गमा सकारात्मक प्रभाव पार्ने यस्ता सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ

हाल सानिमा बैंकको सातै प्रदेशमा १३४ वटा कार्यालयहरू र १२७ वटा ए.टि.एम. सञ्चालनमा रहेका छन्

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…