मुलुकको राष्ट्रियतामाथिको जोखिम बढ्योः प्रदीप ज्ञवाली

मुलुकको राष्ट्रियतामाथिको जोखिम बढ्योः प्रदीप ज्ञवाली
+
-

काठमाडौँ – नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रियतामाथिको जोखिम बढ्दै गएको दाबी गर्दै राष्ट्रिय हितका सवालमा सबै देशभक्त, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूबीच न्यूनतम समझदारीसहितको एकता आवश्यक रहेको बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित ‘वर्तमान विश्वमा युद्ध र शान्तीको समस्या’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र गैरजिम्मेवार शासनका कारण राष्ट्रियता थप जोखिममा परेको बताएका हुन्।

उनले नेपालको परराष्ट्र नीतिको आधार सन्तुलित बाह्य सम्बन्ध, असंलग्नता र कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने सिद्धान्त हुनुपर्ने उल्लेख गर्दै ती आधारभूत मान्यताबाट विचलित हुने प्रयासले मुलुकको राष्ट्रिय हितमा गम्भीर असर पार्न सक्ने चेतावनी दिए।

उनले संसद्‌मा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई संकेत गर्दै कुनै नेताले नेपालले पनि अर्को देशको भूमि मिचेको भन्ने अभिव्यक्ति दिनु गैरजिम्मेवार व्यवहार भएको बताए।

उनले भने, ‘सनकको भरमा बाह्य सम्बन्धहरूलाई चलाउन खोज्छन्, जसले संसद्को रोस्ट्रममा उभिएर सुसाइडल गोल हान्छन् कि हाम्रो देशले पनि अर्को देशको सीमा मिचेको छ, भूमि मिचेको छ भनेर। यस्तो गैरजिम्मेवार व्यवहारले वास्तवमा एकदमै एउटा संवेदनशील भूराजनीतिक अवस्थामा रहेको हाम्रोजस्तो देशका लागि राष्ट्रियतामाथि एउटा ठूलो चुनौती खडा हुन सक्ने सम्भावना देखिन्छ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…