किन्शासा – लोकतान्त्रिक गणतन्त्र कंगोमा हाल इबोला सङ्क्रमण तीव्र भएको जनाइएको छ। एक हजार ५०२ जनामा सङ्क्रमण पुष्टि भएको रिपोर्ट गरिएकोमा ४७३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ।
डीआरसीका जनस्वास्थ्य अधिकारीहरूले शुक्रबार जारी गरेको पछिल्लो प्रतिवेदनअनुसार ६२८ जना इबोला सङ्क्रमित बिरामीहरू हाल अस्पतालमा भर्ना भएका छन् भने २२९ जना निको भएका छन्। योबाहेक ६३ जनाको मृत्युसहित कुल २१३ जना सङ्क्रमितको रिपोर्ट गरिएको छ।
पत्रकारहरुसँगको साक्षातकारमा बोल्दै अफ्रिकाका लागि डब्ल्यूएचओका क्षेत्रीय निर्देशक मोहम्मद याकुब जनाबीले पूर्वी प्रान्त इटुरी र उत्तरी किभुमा संक्रमण जारी रहेकाले अवस्था गम्भीर रहेको बताए।
जनाबीले हालको प्रकोप अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा ठूलो इबोला प्रकोप भएको बताए।
डीआरसीमा डब्ल्यूएचओ विशेषज्ञ पियरे अकिलिमालीले असुरक्षा र सशस्त्र समूह गतिविधिहरूबाट प्रभावित क्षेत्रहरूमा प्रकोप भइरहेको र केस पत्ता लगाउन र सम्पर्क पत्ता लगाउन गाह्रो भएको बताए। इटुरीका केही प्रभावित क्षेत्रहरू खानी क्षेत्रहरू भएकाले बाहिरबाट मानिसहरूको बारम्बार आवागमनले भाइरस सर्ने जोखिम बढाएको जनाइएको छ।
विश्व स्वास्थ्य संगठनले बुन्डिबुग्यो भाइरसको सङ्क्रमणले गर्दा हुने इबोला रोगको सम्भावित उपचारको मूल्याङ्कन गर्न डीआरसीमा बिरामीहरू भर्ना गर्न क्लिनिकल परीक्षण सुरु भएको जनाएको छ। जसको लागि हाल सम्म कुनै स्वीकृत खोप वा विशिष्ट उपचार पत्ता लागेको छैन। रासस/सिन्ह्वा
भर्खरै
लोकप्रिय
