उच्च अदालत जनकपुरमा दुई वर्षभन्दा पुरानो मुद्दा शून्यमा

उच्च अदालत जनकपुरमा दुई वर्षभन्दा पुरानो मुद्दा शून्यमा
+
-
देशसञ्चार AI सारांश
  • उच्च अदालत जनकपुरमा दुई वर्षभन्दा पुराना मुद्दा शून्यमा झर्ने स्थिति रहेको छ।
  • चालु आर्थिक वर्षमा ४ हजार ३३० मुद्दा फछर्यौट गरिएकोमा लक्ष्यको ९५.२४ प्रतिशत मात्र भेटियो।
  • सबैभन्दा बढी मुद्दा कायम मुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले १ हजार ३१० वटा फछर्यौट गरे।

जनकपुरधाम– उच्च अदालत जनकपुरमा दुई वर्षभन्दा पुरानो मुद्दा शून्यमा झरेको छ।

अदालतले सार्वजनिक गरेको तथ्यांक अनुसार दुई वर्ष नाघेको मुद्दा शून्यमा झरेको छ भने १८ महिनादेखि दुई वर्षभित्रको मुद्दाको संख्या १३ वटा रहेको छ। यस्तै, एक वर्षदेखि डेढ वर्षभित्रको बाँकी मुद्दा ३८७ वटा रहेको छ।

दश जना न्यायाधीश रहेको उच्च अदालत जनकपुरले चालु आर्थिक वर्ष २०८२।८३ को असार १९ गतेसम्ममा कुल ४ हजार ३३० वटा मुद्दा फछर्यौट गरेको हो। जसमध्ये ४ हजार १६१ वटा नयाँ मुद्दा दर्ता छ भने २ हजार २६७ वटा जिम्मेवारी सरी आएको मुद्दा हो।

अदालतका रजिष्ट्रार विश्वजंग सिजापतिका अनुसार जिम्मेवारी सरी आएको र नयाँ दर्ता मुद्दामध्ये २ हजार ९८ वटा फछर्यौट हुन बाँकी छ। जिम्मेवारी सरी आएको मध्ये २ हजार ४७ वटा फर्छौट भएको छ भने २२० वटा बाँकी छ। यस्तै, नयाँ दर्तामध्ये २ हजार २८३ वटा फछर्यौट भएको छ भने १ हजार ८७८ वटा मुद्दा बाँकी छ।

उच्चले यस आर्थिक वर्षको फछर्यौट लक्ष्य ४ हजार ५४६ वटा राखेकोमा असार १९ गतेसम्म ४ हजार ३३० रहेको छ। यो लक्ष्यको ९५.२४ प्रतिशत हो।

उच्चको तथ्यांक अनुसार चालु आव २०८२।८३ को असार १९ गतेसम्ममा सबैभन्दा बढी कायम मुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले मुद्दाको फछर्यौट गरेका हुन्। उनको इजलाशले १ हजार ३१० वटा मुद्दाको फछर्यौट गरेको छ।

यसैगरि, न्यायाधीश टीकाराम आचार्यले १ हजार ११५, जगदिश घिमिरेले ९४६, राजुराम सिलवालले ८९६, कृष्णप्रसाद सुवेदीले ८४६, कैलासप्रसाद सुवेदीले ८२६, फुर्पा तामाङले ७२३, मुरारीबाबु श्रेष्ठले ६८४, कमलप्रसाद पोखरेलले ६५९ र श्यामकुमार भट्टराईले ५७८ मुद्दाको पछर्यौट गरेका हुन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…