७ हजार मिटरभन्दा अग्ला हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी

७ हजार मिटरभन्दा अग्ला हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी
+
-

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सगरमाथामा बढ्दो आरोहीको चाप नियन्त्रण गर्न सरकारले नयाँ कानुनी व्यवस्था ल्याउने तयारी गरेको बताएका छन्।

सोमबार राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रायलगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले ७ हजार मिटरभन्दा अग्ला हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने तयारी गरिएको बताएका हुन्।

उनले पर्यटनसम्बन्धी नयाँ ऐन, नियमावली र कार्यविधि निर्माणको प्रक्रिया अघि बढाइएकोले सगरमाथा संरक्षणलाई विशेष प्राथमिकतामा राख्ने बताए। उनका अनुसार प्रस्तावित ऐनमा ७ हजार मिटरभन्दा माथिका हिमाल सफलतापूर्वक आरोहण नगरी सगरमाथा आरोहण अनुमति नपाइने प्रावधान समावेश गरिने तयारी छ।

यस्तो व्यवस्थाले सगरमाथामा हुने भीड घटाउनुका साथै अनुभवी आरोहीले मात्र अनुमति पाउने उनले बताए। उनले सगरमाथामा अत्यधिक भीडले यसको दीर्घकालीन संरक्षण र अस्तित्वमा चुनौती उत्पन्न हुने चिन्ताप्रति आफू सहमत रहेको उल्लेख गरे।

उनले पर्यटनको विविधतालाई खालमा राखेर सबै प्रकारका पर्यटन प्रवर्द्धनलाई मन्त्रालयले ध्यान दिने बताए। उनले एकै प्रकारको पर्यटन प्रवर्द्धन दिगो नहुने उल्लेख गरे।

उनले ट्वीनटर विमान संरक्षण र विस्तारको नेपाल वायुसेवा निगमलाई आवश्यक निर्देशन दिने बताए। उनले पोखरा र भैरहवा विमानस्थल सञ्चालनको लागि आवश्यक हवाई रुटको लागि कूटनीतिक पहल गरिरहेको जानकारी दिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…