पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक
+
-
देशसञ्चार AI सारांश
  • ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण प्रकाशन भई चितवनको सामाजिक, राजनीतिक रूपान्तरणलाई चित्रण गरेको छ।
  • पुस्तकमा बखानसिंह गुरुङको जीवनसङ्घर्ष र चितवनको इतिहासलाई तथ्यपरक तथा साहित्यिक शैलीमा प्रस्तुत गरिएको छ।
  • श्रष्टा वसन्त पराजुलीले कृतिलाई रुचाउने पाठकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सोही माया पाउने आशा गरे।

काठमाडौँ- आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण प्रकाशित भएको छ ।

शिखा बुक्स प्रालिले प्रकाशनमा ल्याएकोे सो पुस्तकको स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकार जयदेव भट्टराई, मेनका चापागाईँलगायतले मंगलबार सार्वजनिक गरे ।

सो अवसरमा शिखा प्रकाशनका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले ‘बखान’ उपन्यास आम पाठकमाझ सर्वाधिक रुचाइएको कृतिमध्ये एक भएको जानकारी दिए। उनले भने, ‘बखान उपन्यासको माग उच्च रहेको छ । स्वदेश तथा विदेशमा रहेका नेपाली भाषीको रोजाइमा कृति रहेको छ ।’

उपन्यासमा चितवनको इतिहास, २००७ सालको बन्दीपुर क्रान्ति र २०१८ सालको भरतपुर क्रान्तिलाई तथ्यपरक तथा साहित्यिक शैलीमा सरल भाषामा सटिकमा प्रस्तुत गरिएको छ ।

नेपालका पहिलो सहकारी अभियन्ता तथा समाजसेवी बखानसिंह गुरुङको जीवनसङ्घर्षलाई केन्द्रमा राखेर लेखिएको यस उपन्यासले चितवनको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा ऐतिहासिक रूपान्तरणलाई आख्यानात्मक शैलीमा जीवन्त रूपमा चित्रण गरेको छ ।

साथै, देशमा भएका विभिन्न क्रान्तिका पृष्ठभूमिसँगै चितवनको बस्ती विकास र जैविक विविधता संरक्षणका विषयलाई पनि उजागर गरिएको छ । श्रष्टा पराजुलीले ‘बखान’ पाठकमाझ सर्वाधिक रुचाइएको कृतिमध्ये एक भएकाले कृतिको दोस्रो संस्करण प्रकाशन हुनु उपलब्धि र गौरव भएको बताए।

उनले भने, “म ‘बखान’ प्रति माया, विश्वास र निरन्तर साथ दिने सम्पूर्ण पाठकप्रति हार्दिक आभार तथा नमन गर्न चाहन्छु । अगामी दिनमा यस्तो माया पाइरहने अपेक्षा समेत गर्न चाहन्छु । ”

पत्रकारितासँगै साहित्यक सृजनामा सक्रिय श्रष्टा पराजुलीका यसअघि ‘कुमाता’, ‘मोम्चो’ र ‘ड्रिमी आइज’ प्रकाशित भइसकेका छन् ।

‘बखान’ भने ऐतिहासिक विषयवस्तुमा आधारित उनको चर्चित उपन्यासका रूपमा स्थापित भएको छ । उनी नेपाल पत्रकार महासङघ् चितवन जिल्ला शाखाको अध्यक्ष हुन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…