मुक्तिनाथ विकास बैंकद्वारा धनगढीको ‘मिड-डे मील’ कार्यक्रमलाई आर्थिक सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा धनगढीको ‘मिड-डे मील’ कार्यक्रमलाई आर्थिक सहयोग
+
-

काठमाडौँ- मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढीमा सञ्चालन हुन लागेको ‘मिड–डे मील’ (दिवा भोजन) कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ।

फूड फर लाइफ नेपालद्वारा सञ्चालन गर्न लागिएको यस मानवतापरी कार्यक्रमलाई बैंकले दरिलो साथ दिएको हो।

यस कार्यक्रम अन्तर्गत आयोजक सामाजिक संस्थाले केन्द्रीकृत भान्छा प्रणाली मार्फत धनगढीस्थित सरकारी विद्यालयहरूमा अध्ययनरत ५,००० जना विद्यार्थीहरूलाई स्वच्छ, पौष्टिक तथा सन्तुलित दिवा भोजन उपलब्ध गराउने छ।

विशेष गरी आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीहरूको पोषणमा सुधार ल्याउन यो कार्यक्रम केन्द्रित रहने जनाइएको छ।

यस दिवा भोजन कार्यक्रमले बालबालिकाहरूको पोषण सुधार गर्नुका साथै विद्यालयमा उनीहरूको नियमित उपस्थिति बढाउन र शिक्षालाई निरन्तरता दिन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास बैंकले लिएको छ।

मुक्तिनाथ विकास बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा प्रभावकारी कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि समाजको दिगो विकासका लागि यस्ता कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…