‘बालेनको पुलिस होइन’ भन्ने डीएसपीलाई जिल्ला बोलाएर सोधपुछ गरिँदै

‘बालेनको पुलिस होइन’ भन्ने डीएसपीलाई जिल्ला बोलाएर सोधपुछ गरिँदै
+
-
देशसञ्चार AI सारांश
  • कैलालीका डीएसपी प्रसन्नराज चौधरीलाई बालेनको पुलिस होइन भन्ने अभिव्यक्तिबारे सोधपुछ गर्न जिल्ला बोलाइएको छ ।
  • उनले लागूऔषध सचेतना कार्यक्रममा प्रहरीको निष्पक्ष भूमिकाबारे धारणा राख्दै विभिन्न प्रसङ्ग उठाएका थिए ।
  • सामाजिक सञ्जालमा भाइरल भएको भिडियोका कारण डीएसपी चौधरीसँग अन्य गुनासोहरूबारे पनि सोधपुछ गरिनेछ ।

धनगढी- बालेनको पुलिस होइन भन्ने अभिव्यक्ति दिएका डीएसपीलाई जिल्ला बोलाएर सोधपुछ गरिँदैछ ।

कैलालीको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिबारे स्पष्टीकरण लिन जिल्ला प्रहरी कार्यालय बोलाइएको हो ।

घोडाघोडी नगरपालिका- ५, दरखमा आयोजित लागूऔषध सचेतना कार्यक्रममा उनले ‘हामी बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भन्दै दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले उनीसँग सोधपुछ गर्न जिल्ला बोलाएको बताइएको छ ।

कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले डीएसपी चौधरीलाई घटनाबारे सामान्य बुझ्नका लागि जिल्ला बोलाइएको बताए ।

प्रधानमन्त्रीबारेको अभिव्यक्तिसँगै डीएसपी चौधरीविरुद्ध अन्य गुनासोसमेत आएकाले ती विषयमा पनि सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घोडाघोडीको कार्यक्रममा चौधरीले ‘अन्यायमा परेकालाई न्याय दिलाउने पुलिस यही हो, केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो’ भन्दै प्रहरी संगठनको निष्पक्ष भूमिकाबारे धारणा राखेका थिए ।

उनले आफूहरू राजनीतिक प्रभावबाट नभई प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएर प्रहरी सेवामा आएको बताएका थिए ।

भिडियो सार्वजनिक नगर्न उनले कार्यक्रममा आग्रह गरे पनि उक्त भिडियो सामाजिक सञ्जालमा फैलिएको थियो ।
त्यसपछि उत्पन्न भएको चर्चा र विवादका बीच जिल्ला प्रहरीले उनको अभिव्यक्ति कुन सन्दर्भमा आएको हो भन्ने विषयमा सामान्य सोधपुछका लागि बोलाइएको जनाएको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…