अ
+
अ
अ
-
काठमाडौँ – त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि एक युवकले आत्मदाहको प्रयास गरेको विषयमा संसद्मा कुरो उठेको छ।
नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले राहदानी विभागअगाडि युवकले आत्मदाहको प्रयास गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले भने, ‘त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि एक पीडित सेवाग्राहीले आफ्नो शरीरमा आगो लगाइरहँदा सरकार कहाँ छ? कति नागरिकले आत्मदाह गरेपछि मात्र राहदानी घरघरमा पुग्ने हो?’
राहदानी विभागअगाडि बिहीबार दिउँसो एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन्।
ती युवकलाई उपचारको लागि वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले शरीरमा आगो लगाउनुअघि पार्किङ गरेर राखेको उनको मोटरसाइकलमा नगर प्रहरीको टोलीले ह्वीललक गरेको थियो।
भर्खरै
लोकप्रिय
