मधेस प्रदेश सरकारको बजेट खर्च ५६.३१ प्रतिशत

मधेस प्रदेश सरकारको बजेट खर्च ५६.३१ प्रतिशत
+
-
देशसञ्चार AI सारांश
  • मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२।८३ मा कुल बजेटको ५६.३१ प्रतिशत खर्च गरेको छ, जसमा मुख्य रूपमा पुँजीगत र चालु खर्च सामेल छन्।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैभन्दा धेरै बजेट खर्च गरेको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबैभन्दा कम खर्च गरेको छ।
  • ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयले ४०.६५ प्रतिशत बजेटमा खर्च गरेको छ, जुन सबैभन्दा कम खर्च प्रतिशतमध्ये एक हो।

जनकपुरधाम- मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२।८३ मा विनियोजित बजेटको ५६.३१ प्रतिशत बजेट खर्च गरेको छ । असार २५ गतेसम्म भुक्तानी भएकोमा २६ अर्ब ४५ करोड ६७ लाख ४७ हजार ९ रुपैयाँ खर्च भएको हो ।

चालु तर्फ ६०.६९ प्रतिशत अर्थात ९ अर्ब ४९ करोड १५ लाख ९८ हजार ९ सय र पुँजीगत तर्फ ५४.१२ प्रतिशत अर्थात १६ अर्ब ९६ करोड ५१ लख ४८ हजार १०९ रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय, मधेस प्रदेशले जनाएको छ ।

मन्त्रालयगत अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैभन्दा बढी प्रतिशत बजेट खर्च गरेको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबैभन्दा कम प्रतिशत बजेट खर्च गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ६ अर्ब ९ करोड ९५ लाख ७० हजार ४४२ रुपैयाँ विनियोजन गरिएकोमा त्यसको ७१.४५ प्रतिशत अर्थात ४ अर्ब ३५ करोड ८० लाख २३ हजार ९५५ रुपैयाँ खर्च गरेको हो । अर्थमन्त्रालयका लागि १९ करोड ७० लाख १६ हजार रुपैयाँ विनियोजन गरेकोमा त्यसको ६५.६८ प्रतिशत अर्थात १२ करोड ९४ लाख ८ हजार ४५७ रुपैयाँ खर्च गरेको हो ।

वन तथा वातावरण मन्त्रालयका लागि २ अर्ब ३४ करोड ९ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएकोमा त्यसको ६३.७६ प्रतिशत अर्थात १ अर्ब ४९ करोड २५ लाख १५ हजार ४९५ रुपैयाँ खर्च भएको छ ।
यस्तै, शिक्षा तथा संस्कृति मन्त्रालयका लागि ३ अर्ब ५० करोड २१ लख ५५ हजार रुपैयाँ विनियोजन गरिएकोमा त्यसको ६०.८८ प्रतिशत अर्थात २ अर्ब १३ करोड २२ लाख २ हजार २११ रुपैयाँ खर्च भएको छ ।

यसैगरि भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि १७ अर्ब ३० करोड ३१ लख १४ हजार ७३८ रुपैयाँ विनियोजन गरिएकोमा त्यसको ५८.६७ प्रतिशत अर्थात १० अर्ब १५ करोड १६ लाख ३४ हजार ४५३ रुपैयाँ खर्च गरेको हो ।

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका लागि ३ अर्ब ९ करोड २ लाख ३३ हजार ४७७ रुपैयाँ विनियोजन गरिएकोमा त्यसको ५१.७७ प्रतिशत अर्थात १ अर्ब ५९ करोड ९७ लाख ७८ हजार ३४७ रुपैयाँ खर्च गरेको हो । श्रम तथा यातायात मन्त्रालयका लागि ५८ करोड ६० लाख ८४ हजार ४ सय रुपैयाँ विनियोजन गरिएकोमा त्यसको ४९.९१ प्रतिशत अर्थात २९ करोड २५ लाख ३३ हजार ३४२ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको हो ।

यस्तै, गृह, सञ्चार तथा कानुन मन्त्रालयका लागि ६७ करोड ९५ लाख ३९ हजार ६५० रुपैयाँ विनियोजन गरिएकोमा त्यसको ४८.९२ प्रतिशत अर्थात ३३ करोड २३ लाख ९७ हजार ७६७ रुपैयाँ खर्च भएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि २ अर्ब २५ करोड ४ लाख २९ हजार रुपैयाँ विनियोजन गरिएकोमा त्यसको ४७.८७ प्रतिशत अर्थात १ अर्ब ७ करोड ७३ लाख ७२ हजार २१० रुपैयाँ खर्च भएको हो ।

यसैगरि खेलकुद तथा समाज कल्याण मन्त्रालयका लागि १ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएकोमा त्यसको ४६.१७ प्रतिशत अर्थात ८२ करोड ५२ लाख ४८ हजार ११४ रुपैयाँ खर्च भएको हो ।
उर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयका लागि ४ अर्ब ४४ करोड २१ लख ९० हजार ९७० रुपैयाँ विनियोजन गरिएकोमा त्यसको ४०.६५ प्रतिशत अर्थात १ अर्ब ८० करोड ५६ लाख ४३ हजार ८०७ रुपैयाँ खर्च भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयका लािग आव २०८२/८३ मा ४७ करोड ३३ लाख रुपैयाँ विनियोजन गरिएकोमा त्यसको ३७.०६ प्रतिशत अर्थात १७ करोड ५४ लाख ८१६ रुपैयाँ खर्च गरेको हो ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…