डा. पौडेलले ल्याए ‘इमोसनल इन्टेलिजेन्स’माथि किताब

डा. पौडेलले ल्याए ‘इमोसनल इन्टेलिजेन्स’माथि किताब
+
-
देशसञ्चार AI सारांश
  • ललितपुरस्थित एलए स्कुलमा डा. मित्रबन्धु पौडेलको ‘इमोसनल इन्जेलिन्स’ पुस्तक विशेष समारोहबीच लोकार्पण गरिएको छ।
  • कार्यक्रममा प्रमुख अतिथि उमेश श्रेष्ठले कृत्रिम बौद्धिकताका समयमा भावनात्मक बौद्धिकताको महत्वको चर्चा गरे।
  • भीष्म उप्रेतीले पुस्तकले शिक्षा, अनुसन्धान तथा संस्थागत व्यवस्थापनमा नयाँ बहस सुरु गर्ने विश्वास व्यक्त गरे।

ललितपुर-  लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल डा. मित्रबन्धु पौडेलद्वारा लिखित ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ पुस्तकको बिहीबार ललितपुरस्थित एलए स्कुलको आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि एल ए एजुकेसन ग्रुपका संस्थापक उमेश श्रेष्ठ थिए भने पेन इन्टरनेसनल नेपाल च्याप्टरका अध्यक्ष भीष्म उप्रेतीले कार्यक्रमको अध्यक्षता गरेका थिए।

कार्यक्रमको प्रारम्भमा एलएका फाइनान्स हेड राजेश श्रेष्ठले स्वागत मन्तव्य राख्दै अनुसन्धानमुखी शैक्षिक प्रकाशनले नेपालको उच्च शिक्षामा नयाँ बहस सिर्जना गर्ने विश्वास व्यक्त गरे।

पुस्तकमाथिको समीक्षा पत्रकार तथा अध्येता सुजना घिमिरेबाट सुरु भएको थियो। उनले पुस्तकले भावनात्मक बौद्धिकताको महत्वलाई उच्च शिक्षा व्यवस्थापनसँग जोड्दै समसामयिक बहस अघि सारेको बताइन्।

काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसुम) की एसोसिएट डिन एसोसिएट प्रोफेसर डा. रोशी लामिछानेले भावनात्मक बौद्धिकता आजको नेतृत्व विकासको अपरिहार्य आधार बनेको उल्लेख गरिन्।

काठमाडौं विश्वविद्यालयका पूर्व परीक्षा नियन्त्रक तथा पूर्व डिन प्रोफेसर डा. पन्ना थापाले पुस्तकले अनुसन्धान, सिद्धान्त र व्यवहारलाई प्रभावकारी रूपमा जोडेको भन्दै यसलाई उच्च शिक्षाका नेतृत्वकर्ताका लागि महत्वपूर्ण सन्दर्भ सामग्रीको रूपमा व्याख्या गरे।

कार्यक्रममा लेखक डा. मित्रबन्धु पौडेलले आफ्नो लेखन यात्रा साझा गरेका थिए।

आफ्नो लेखन यात्राबारे अनुभव सुनाउँदै भावनात्मक बौद्धिकतालाई गहिरो रूपमा बुझ्ने उद्देश्यले पुस्तक तयार पारेको उनले बताए।

प्रमुख अतिथि उमेश श्रेष्ठले अहिलेको कृत्रिम बौद्धिकताको युगमा भावनात्मक बौद्धिकताको महत्व झन् बढेर गएको बताए। प्रविधिले धेरै काम सहज बनाए पनि मानवीय संवेदनशीलता, सहानुभूति, सम्बन्ध व्यवस्थापन र भावनात्मक नेतृत्वको कुनै विकल्प नरहेको उनको भनाइ थियो।

कार्यक्रमको अध्यक्षीय मन्तव्यमा भीष्म उप्रेतीले यस पुस्तक प्रकाशित गर्नु पेन इन्टरनेसनल नेपाल च्याप्टरका लागि गर्वको विषय भएको उल्लेख गर्दै यसले शिक्षा, अनुसन्धान तथा संस्थागत व्यवस्थापनमा नयाँ बहस सुरु गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा पूर्व लेफ्टिनेन्ट जनरल पी.बी. लिम्बु विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको सञ्चालन एलए स्कुलका प्रिन्सिपल मुकुन्दराज शर्माले गरेका थिए। कार्यक्रममा शिक्षा, साहित्य, सञ्चार, अनुसन्धान, सार्वजनिक सेवा तथा निजी क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…