शिक्षा अधिकृतमाथि कालो मोबिल खनाएर दुर्व्यवहार, वडा सदस्यको खोजी

शिक्षा अधिकृतमाथि कालो मोबिल खनाएर दुर्व्यवहार, वडा सदस्यको खोजी
+
-

दाङ- घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनलाई लिएर विवाद हुँदा शिक्षा अधिकृतमाथि कालो मोबिल खनाएर दुर्व्यवहार गरिएको छ ।

घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहोरामाथि वडा नम्बर १५ का वडा सदस्य लेखनाथ बुढाथोकीले कालो मोबिल खनाएर दुर्व्यवहार गरेकाे घटना सार्वजनिक भएको हाे । घटनापछि प्रहरीले वडा सदस्य बुढाथोकीको खोजी सुरु गरेको जनाएको छ ।

वडा सदस्य बुढाथोकीले विद्यालय व्यवस्थापन समितिको निर्वाचन कानुनविपरीत ढंगले अघि बढाइएको दाबी गरेका छन्। निर्वाचनअघि अभिभावकको गणपूरक संख्या पुगेको भेलाबाट निर्णय हुनुपर्ने र गणपूरक संख्या नपुगेमा तीन पटकसम्म अभिभावक भेला आह्वान गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

विद्यालयले उक्त प्रक्रिया पूरा नगरी निर्वाचन अघि बढाएको तथा शिक्षा अधिकृत बोहोराले त्यसलाई स्वीकृति दिएको आराेप छ ।

यता, शिक्षा अधिकृतमाथि दुर्व्यवहार भएको घटनालाई लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार घटनापछि वडा सदस्य लेखनाथ बुढाथोकी फरार रहेका छन् र उनको खोजी कार्य जारी छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…