खरानीबाट उठेर विराटनगरमा पुनः भाटभटेनीको सेवा सुरु, विराटनगरवासीमा उत्साह

खरानीबाट उठेर विराटनगरमा पुनः भाटभटेनीको सेवा सुरु, विराटनगरवासीमा उत्साह
+
-
देशसञ्चार AI सारांश
  • भाटभटेनी सुपरमार्केटले विराटनगरमा पुनः सञ्चालन शुरू गर्दा स्थानीयलाई एकै ठाउँमा सरसामान खरिद गर्ने सुविधा प्राप्त भएको छ।
  • लम्बे समयको मर्मतपछि भाटभटेनी सञ्चालनमा आएसँगै स्थानीय उपभोक्ताले समान मूल्यमा विविध सरसामान उपलब्ध हुने बताए।
  • गतवर्ष जेन जी आन्दोलनबाट क्षति पुगेका ५ सुपरमार्केट पुनः सञ्चालनमा ल्याउन तयारी भइरहेको छ।

विराटनगर- गतवर्ष भदौ २४ गते जेन जी आन्दोलनको शिकार भएको विराटनगरको भाटभटेनी सुपरमार्केटले शनिबारबाट आफ्नो सेवा पुनः सुचारु गरेको छ।

जेनजी आन्दोलनका क्रममा सरसामानसहित भवनमा आगजनी भएपछि ठूलो क्षति भोगेको भाटभटेनीले सेवा सञ्चालनमा ल्याएसँगै सरसामान खरिदका लागि स्थानीयको बिहानबाट उल्लेख्य भीड रहेको छ।

लामोसमय मर्मतमा खर्चिएपछि सञ्चालनमा आएको सुपरमार्केतबारे भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलले भने, “विराटनगर र स्थानीयको साथ र सहयोगसहित खरानीबाट फेरि एकपटक हामी बजारमा उत्रिएका छौं। हामीलाई सञ्चालनमा ल्याउनका लागि विराटनगरवासीको ठूलो साथ रहेको छ। यहाँका उपभोक्ताकै समर्थन र मायाले फेरि बजारमा आएका छौं। यसको सञ्चालनबारे स्थानीयमा ठूलो चासो र चिन्ता रहेको थियो, त्यो हामीले बुझेका थियौं।”

भारतीय सीमावर्ती क्षेत्र जोगबनी नजिक रहेपनि भाटभटेनीलाई विराटनगरकै स्थानीय सर्वसाधारणले साथ दिनेमा भाटभटेनी विश्वस्त रहेको प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए।

नयाँ बनाउनुभन्दा बढी पुरानो मर्मत गरेर सञ्चालनमा ल्याउन कठिन हुने बताएका पौडेलले विराटनगरमा कार्यरत करिब ३ सय कर्मचारीको साथ र अथक मिहिनेतले असारमै मार्केटलाई अघि बढाउन सकिएको जानकारी दिए। गतवर्ष भदौमा भएको आगजनीपछि भवन पुनर्निर्माणदेखि स्टोरका सरसामानमा गरी हालसम्म १ सय करोड नेपाली रुपैयाँ खर्च भएको उनको भनाइ छ।

उनले भने, “बरु नयाँ बनाउन सहज हुने रहेछ, आगो लागेर क्षति भएको भवनमा बढी समय र मर्मत खर्च आउने रहेछ। तरपनि विराटनगरवासीको मायाले नै यो सम्भव भएको हो।”

भाटभटेनी पुनः सञ्चालनमा आउनु विराटनगरका लागि गौरवको विषय भएको बताएकी विराटनगरकी नमिता न्यौपानेले यसको गरिमालाई अब विराटनगरवासीले नै जोगाउनुपर्ने बताउँछिन्।

जेन जी आन्दोलनमा यसलाई जोगाउन नसक्नु विराटनगरवासीका लागि दुर्भाग्य भएको उल्लेख गर्दै न्यौपानेले भनिन्, “विराटनगरवासी गत भदौमा यसलाई जोगाउन सकेनौं, त्यो दुर्भाग्य थियो। तर अब यस व्यवसायलाई प्रोत्साहन गरी साथ दिनु हाम्रो कर्तव्य हो, जहाँ सयौं, हजारौं रोजगारी जोडिएको छ र घरव्यवहार चलाउन अहम् भूमिका खेलेको छ।”

कृषकका उत्पादनलाई उपभोक्ताबीच पुर्‍याउने सहज माध्यमका रूपमा रहेको यस मार्केटभित्र सस्तो, छिटो, छरितो र राम्रो सरसामान उपलब्ध हुनु नै उपभोक्तालाई सहजको वातावरण हुने न्यौपानेको भनाइ छ।

भाटभटेनी पुनः सञ्चालनमा आएको सन्दर्भमा विराटनगर-५ का संकेत खनालले उपभोक्तालाई राहत मिलेको बताउँछन्। विराटनगरको सानकै रूपमा रहने यस सुपरमार्केट सञ्चालनमा आएपछि स्थानीय उपभोक्ताहरूले सबै सरसामान एकै दररेटमा एकै भवनभित्र पाउने खनालको भनाइ छ।

सरसामान खरिदमा नठगिने बताएका खनालले भने, “बजारमा जस्तो असमान मूल्य यहाँ तिर्नुपर्दैन। सबै उपभोक्ताका लागि एकै मूल्य हुन्छ। फेरि हरेक सामान यहाँ भवनभित्र पाइने हुँदा समयको बचत पनि हुने गर्छ। फेरि परिवार, केटाकेटी लिएर बेलुका यहाँ पुग्न पनि रमाइलो हुन्छ।”

जेन जी आन्दोलनका क्रममा विराटनगरसहित काठमाडौँको महाराजगञ्ज, कोटेश्वर, बौद्ध, बालुवाटार, भरतपुर, पोखरा गरी १२ वटा सुपरमार्केटमा क्षति पुगेको थियो।

भाटभटेनी सुपरमार्केटका अनुसार क्षति पुगेका मध्ये हाल ५ वटा स्थानका सुपरमार्केट सञ्चालनमा आउन बाँकी रहेको छ। तथापि, काठमाडौँको नक्साल, सुनसरीको धरान र झापाको विर्तामोडमा क्षति पुगेको सुपरमार्केट भदौ महिनाभित्र पुनः सञ्चालनमा ल्याउने तयारी रहेको छ।

त्यसैगरी, हेटौँडा र झापाको दमकस्थित सुपरमार्केट भने कात्तिक महिनासम्ममा सञ्चालनमा आउने भाटभटेनी सुपरमार्केटका प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिए।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…