वास्तुशास्त्रले वैज्ञानिक, सांस्कृतिक र व्यवस्थित निर्माण संस्कृतिलाई बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

वास्तुशास्त्रले वैज्ञानिक, सांस्कृतिक र व्यवस्थित निर्माण संस्कृतिलाई बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य
+
-
देशसञ्चार AI सारांश
  • मुख्यमन्त्री आचार्यले वास्तुशास्त्रलाई वैज्ञानिक सोच र परम्परागत ज्ञानसँग जोडेर दीगो संरचना निर्माणमा उपयोग गर्नुपर्ने बताए।
  • उनले मौलिक ज्ञान, संस्कृति र सभ्यता संरक्षणमा यस्ता सम्मेलनले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।
  • कार्यक्रमको उद्देश्य वास्तुशास्त्रको वैज्ञानिक पक्ष र व्यवहारिक प्रयोगमा छलफल गर्नु रहेको आयोजकले जनाएको छ।

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वास्तुशास्त्रलाई वैज्ञानिक सोच, सांस्कृतिक परम्परा र व्यवस्थित निर्माण संस्कृतिसँग जोडिएको ज्ञानका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्राममा दक्षिण एसियाली ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिद्वारा आयोजित ‘लुम्बिनी वास्तु सम्मेलन–२०८३’ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग समन्वय गरी सुरक्षित, वातावरणमैत्री र दीगो संरचना निर्माणमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

उनले वास्तुशास्त्रले मानव जीवन, प्रकृति र निर्माणबीच सन्तुलन कायम गर्ने अवधारणालाई अघि सारेको उल्लेख गर्दै यसको अध्ययन, अनुसन्धान र व्यवहारिक प्रयोगलाई समयानुकूल बनाउँदै लैजानुपर्ने बताए।

मुख्यमन्त्री आचार्यले नेपालको मौलिक ज्ञान, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनमा यस्ता सम्मेलनले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले वास्तु, ज्योतिष तथा अन्य परम्परागत ज्ञानलाई अन्धविश्वासका रूपमा नभई अनुसन्धान र प्रमाणका आधारमा व्याख्या तथा विकास गर्नुपर्ने धारणा राखे।

उनले समाजमा सकारात्मक चेतना अभिवृद्धि गर्न, सांस्कृतिक सम्पदाको संरक्षण गर्न तथा नयाँ पुस्तालाई मौलिक ज्ञानसँग जोड्न यस्ता कार्यक्रम उपयोगी हुने बताए। साथै, प्रदेश सरकारले ज्ञान, संस्कृति र पर्यटन प्रवर्द्धनसँग सम्बन्धित कार्यलाई प्राथमिकता दिएको बताए।

सम्मेलनमा वास्तुशास्त्रका विज्ञ, ज्योतिषविद्, अनुसन्धानकर्ता तथा विभिन्न जिल्लाबाट सहभागी प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रममा वास्तुशास्त्रको वर्तमान अवस्था, यसको वैज्ञानिक पक्ष तथा व्यवहारिक प्रयोगका विषयमा छलफल गरिने आयोजकले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…