नक्कली भुटानी शरणार्थी प्रकरणको सजायसम्बन्धी पेसी हेर्दाहेर्दैमा

नक्कली भुटानी शरणार्थी प्रकरणको सजायसम्बन्धी पेसी हेर्दाहेर्दैमा
+
-
देशसञ्चार AI सारांश
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएकाहरुको सजाय सुनाउने निर्णयको पेसी मंगलबारका लागि सरेको छ।

  • पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायत १६ जनालाई अदालतले दोषी ठहर गरेको थियो भने सात जनाले सफाइ पाए।

  • दोषी ठहर भएकाहरूको सजाय मंगलबार तोकिनेछ भने उनीहरूलाई विभिन्न प्रकारका संगठित अपराधमा दोषी ठहर गरिएको हो।

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएकाहरुलाई सजाय सुनाउने निर्णयको पेसी ‘हेर्दाहेर्दैमा’ हुँदै सरेको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सोमबारको पेसी ‘हेर्दाहेर्दैमा’ मंगलबारका लागि राखेको हो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान लागिएको अभियोगमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई असार २३ मा काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेको थियो।

अदालतले रायमाझी, खाँण र पाण्डेसहित केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गोविन्द चौधरी, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झालाई दोषी ठहर गरेको थियो।

मुद्दाका प्रतिवादी सन्दीप रायमाझीसहित सात जनाले सफाइ पाएका थिए।  प्रतिवादीहरू सन्दीपसहित रामशरण केसी, टंककुमार गुरुङ, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीविरुद्ध कसुर पुष्टि नभएको भन्दै अदालतले सफाइ दिएको हो।

सरकारी लिखत किर्ते तर्फ टेकनाथ रिजाल, केशवप्रसाद दुलाल र  सानु भण्डारी दोषी ठहर भएका थिए ।

संगठित अपराधतर्फ केशवप्रसाद दुलाल, सानु भण्डारी,सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र  टोपबहादुर रायमाझी दोषी ठहर भएका थिए।

ठगी तथा संगठित कसुरको मतियारतर्फ  खाँण,टेकनाथ रिजाल,नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेल दोषी ठहर भएका थिए । त्यस्तै राज्य विरुद्धको कसुर र एकीकृत कसुरतर्फ केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर केसी, सन्देश शर्मा, डा. इन्द्रजित राई, विक्रम भन्ने गोविन्दकुमरा चौधरी,आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझी दोषी ठहर भएका थिए । त्यसैगरी पूरक अभियोगपत्र मात्र प्रतिवादी बनेका वेचन झा ठगीको कसुरदारतर्फ दोषी ठहर भएका थिए।

उनीहरूको कसुरमा अब मंगलबार सजाय तोकिनेछ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…