काठमाडौँ- प्रख्यात संगीत प्राध्यापक इन्दिरा पाण्डेयको ८९ वर्षका उमेरमा निधन भएको छ।
उनको मंगलबार राजधानीस्थित नर्भिक अस्पतालमा निधन भएको हो। उनी लामो समयदेखि फोक्सो सम्बन्धि रोगबाट पीडित थिइन्।
पाण्डेयले भारतको बरोदा विश्वविद्यालयबाट संगीतमा स्नातकोत्तर उपाधि प्राप्त गरेकी थिइन्। उनले लामो समयसम्म पद्यकन्या क्याम्पसमा प्राध्यापन गरेकी थिइन्।
उनका दुई छोरा र एक छोरी छन्। उनका जेठा छोरा ज्योतिप्रकाश पाण्डे इन्भेस्टमेन्ट मेघा बैँकका प्रमुख कार्यकारी अधिकृत हुन् भने कान्छा छोरा दीपप्रकाश पाण्डे शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन्। उनकी छोरी श्री पाण्डे हुन्।
उनका पति पूर्ववाणिज्य सचिव दुर्गाप्रसाद पाण्डेयको चार वर्षअघि निधन भएको थियो। पाण्डेयका बुवा चन्द्रबहादुर थापा कुनै समय नेपालमा महालेखा परीक्षक थिए।
उनको निधनमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न मंगलबार पशुपति आर्यघाटमा बैँक तथा बिमा क्षेत्रसहित व्यवसायिक क्षेत्रका व्यक्तित्वहरू उपस्थित थिए।
भर्खरै
लोकप्रिय
