हुम्लामा पशु सेवातर्फ बजेट खर्च न्यून

हुम्लामा पशु सेवातर्फ बजेट खर्च न्यून
+
-

हुम्ला – आर्थिक वर्ष ०८२/८३ मा पशु अस्पताल तथा पशु सेवा कार्यालयको बजेट खर्च न्यून भएको छ। कार्यक्रम सञ्चालनसम्बन्धी मापदण्डअनुसार सेवाग्राहीले प्रस्तावना पेस गर्न नसकेपछि बिशेष महत्व दिएका कार्यक्रम सञ्चालन गर्न नसकिएपछि बजेट खर्च न्यून देखिएको हो।

उक्त आवमा कार्यालयको वित्तीय प्रगति ५७ दशमलव ९० प्रतिशत रहेको निमित्त कार्यालय प्रमुख कृष्ण रोकायाले जानकारी दिए।
कुल बजेट चार करोड ७३ लाख ४३ हजार थियो। त्यसमा पुँजीगततर्फ ४० लाख बजेट विनियोजित भएकामा ३९ लाख ९९ हजार खर्च भएर झण्डै सतप्रतिशत वजेट खर्च भएको छ।

त्यसैगरी चालुतर्फ चार करोड ३३ लाख ४३ हजार वजेट विनियोजित भएकोमा दुई करोड ७४ लाख १३ हजार मात्र खर्च भएको छ।
यसमा सिंगै एक करोड ५५ लाखका पशुपक्षी स्रोतकेन्द्रसम्बन्धी कार्यक्रमको बजेट फिर्ता गएको छ।

कार्यालयका अनुसार कार्यक्रम सञ्चालनसम्बन्धी मापदण्डअनुसार सेवाग्राहीले प्रस्तावना पेश गर्न नसकेको कारण कार्यक्रम गर्न नसकिएको हो।

अन्य कार्यक्रममा पनि पुर्ण रुपमा खर्च हुन सकेको देखिँदैन। सम्भवतः जिल्लामै सबैभन्दा कम खर्च गर्ने कार्यक्रममा सो कार्यालय पर्छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…