
- ख्याङजु समाजको नयाँ कार्यसमिति दिपक कँडेलको अध्यक्षतामा सर्वसम्मतीबाट १५ सदस्यीय टिमको रूपमा चयन भएको छ।
- कार्यसमितिले ख्वाङजु क्षेत्रमा रहेका नेपालीहरूको हक र एकता कायम राख्न रचनात्मक कार्यक्रमहरू गर्ने प्रतिबद्धता जनाएको छ।
- अध्यक्ष कँडेलले समाजको विगतका प्रयासलाई निरन्तरता दिने र थप प्रभावकारी बनाउने ध्येय व्यक्त गरेका छन्।
दक्षिण कोरियाको ख्यंङजुमा बसोबास गर्ने नेपालीहरूको साझा संस्था ‘ख्यंङजु समाज’ले नयाँ कार्यसमिति चयन गरेको छ। दिपक कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो। समाजको तेस्रो अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको हो।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हेम कुमार श्रेष्ठ चयन भएका छन् भने उपाध्यक्षहरूमा जनक सापकोटा र टेकराज वली तथा महिला उपाध्यक्षमा सीता मैनाली रहेका छन्।
त्यसैगरी, समितिको महासचिवमा जितेन्द्र चौधरी चयन भएका छन्। त्यस्तै सचिवमा एसिको बोहरा, सह-सचिवमा हरि कुमार बस्नेत र कोषाध्यक्षमा सरोज त्यात चयन भएका छन्।
कार्यसमितिका सदस्यहरूमा जिवी पाख्रीन, गोकुल पौडेल, गोकुल भट्टराई, रन्जित अर्याल, बिनोद तामाङ र बद्री पौडेल रहेका छन्। त्यस्तै संरक्षकमा विकास पौडेल, मनोज सुवेदी रहँदा वरिष्ठ सल्लाहकार लोकेन सुवेदी र सल्लाहकार रोशन बोहरा रहेका छन्।
नयाँ कार्यसमितिले आगामी दुई वर्षसम्म ख्यंङजु क्षेत्रमा रहेका नेपालीहरूको हक, हित र आपसमा एकता कायम राख्न विभिन्न रचनात्मक कार्यक्रमहरू गर्ने प्रतिबद्धता जनाएको छ। अध्यक्ष कँडेलले समाजले विगत देखिनै नेपालीहरुको हकहितका लागि काम गर्दै आएको र त्यसलाइ निरन्तरता दिने बताए।
उनले भने ‘नेपालीहरुको एकता र भाइचरालाई कायम राख्न र एकीकृत रुपमा संगठित भएर सहयोग र अन्तरक्रिया गर्न समाजले महत्वपूर्ण भुमिका खेल्दै आएको छ। जसलाइ निरन्तरता दिंदै थप परिणामुखी र प्रभावकारी रुपमा समाजको काम अघि बढाउने छौं।’
कँडेलका अनुसार ख्यंङजु समाजले दु:खमा हातेमालो र सहयोग गर्दा चाडपर्वहरुमा एकीकृत भएर घरपरिवारबाट टाढा रहेर एकल रुपमा खिन्न हुनु पर्ने अवस्थाको अन्त गरेको बताए। उनले केहि मात्रामा भएपनि संगठित भएर खुसीयाली मनाउँदै आएको बताए।
उनले अहिलेको अवस्थामा ल्याउने यसअघिको कार्यसमितिलाइ पनि धन्यवाद दिए। कँडेलले भने ‘हामिलाई सर्वसम्मत रुपमा जिम्मेवारी सुम्पिन्ने पहिलाको कार्यसमितिलाइ पनि धन्यवाद दिन चाहन्छौं। उहाँहरुको साथ र सहयोग निरन्तर रहने अपेक्षा गर्दछौं।’
सो अवसरमा ‘अन्याङ नेपाली समाज’ अध्यक्ष भुवन राक्षले नयाँ कार्यसमितिलाइ शुभकामना दिंदै आफ्नो राय व्यक्त गरेका थिए भने ‘उल्सान समाज’ का महासचिव अनिल पौडेलले पनि नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए।