स्पेनले अमेरिकी सैन्य विमानका लागि बन्द गरिदियो ‘एयर स्पेस’

स्पेनले अमेरिकी सैन्य विमानका लागि बन्द गरिदियो ‘एयर स्पेस’
+
-

इजरायल- अमेरिका र इरानबीचको युद्धमा असन्तुष्ट रहेको स्पेनले अमेरिकाका सैन्य विमानलाइ आफ्नो आकाश प्रयोग गर्न नदिने जनाएको छ। स्पेनले इरानविरुद्धको युद्धमा संलग्न अमेरिकाका सैन्य विमानहरूका लागि आफ्नो आकाश बन्द गरेको स्पेनकी रक्षा मन्त्रीले जानकारी दिएकी छन्।

स्पेनकी रक्षा मन्त्री मार्गारीटा रोब्लेसले आफ्नो आकाशीय क्षेत्र र सैन्य ठिकानाहरू इरानसँग सम्बन्धित कुनै पनि सैन्य अभियानका लागि प्रयोग गर्न नदिने स्पष्ट पारिन्। यस निर्णयपछि अमेरिकी विमानहरूले आफ्नो उडान मार्ग परिवर्तन गर्नुपर्ने छ, तर मानवीय र आपतकालीन उडानहरूलाई भने छुट दिइएको जनाइएको छ।

स्पेनका अर्थमन्त्री कार्लोस कुएर्पोका अनुसार, यो निर्णय एकतर्फी रूपमा र अन्तर्राष्ट्रिय कानुनविपरीत सुरु गरिएको युद्धलाई समर्थन नगर्ने आधारमा लिइएको जनाइएको छ। स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेज यसअघि नै अमेरिका-इजरायल सैन्य अभियानको आलोचना गरिसकेका छन्।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस निर्णयको जवाफस्वरूप व्यापारिक कारबाही गर्ने चेतावनी दिएका छन्। यस निर्णयपछि अमेरिका र स्पेनबीच कूटनीतिक तनाव थप बढ्ने सम्भावना देखिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…