ट्रम्पले फेरि धम्की दिँदै भने- इरान सहमतिमा नआए ऊर्जा केन्द्र ध्वस्त बनाउँछौँ

ट्रम्पले फेरि धम्की दिँदै भने- इरान सहमतिमा नआए ऊर्जा केन्द्र ध्वस्त बनाउँछौँ
+
-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानलाई धम्की दिँदै सहमतिमा नआए ऊर्जा केन्द्रहरु उडाइदिने बताएका छन्। ‘यदि युद्ध अन्त्य गर्न कुनै सहमति नआएमा र स्ट्रेट अफ हर्मुज पुनः नखोलिएमा अमेरिका ईरानका विद्युत् केन्द्रहरू र तेलका कुवाहरू ध्वस्त पार्नेछ,’ उनले भने।

ट्रम्पको धम्कीलाई लिएर ह्वाइट हाउसकी प्रेस सचिवले अमेरिकी सेना कानुनअनुसार काम गर्ने बताइन्। विज्ञहरूले भने नागरिक पूर्वाधारमा आक्रमण गर्नु युद्ध अपराध हुन सक्ने ट्रम्पलाइ चेतावनी दिएका छन्।

इरान र अमेरिकाबिचको युद्धमा कुनै सहमति नदेखिँदा र एक अर्का विरुद्धका कडा अभिव्यक्तिका कारण सोमबार तेलको मूल्य बढेर १ सय १५ डलर पुगेको थियो।

अमेरिकामा पनि कच्चा तेलको मूल्य जुलाई २०२२ पछि पहिलो पटक प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…