देशसञ्चार चौतारीमा भाग-१४०

‘प्रधानमन्त्री अस्थायी हुन्, बिचौलिया स्थायी’

+
-
देशसञ्चार AI सारांश
  • आर्थिक पत्रकार कुबेर चालिसेले राज्यका अंगहरूमा फैलिएको विचौलियातन्त्रले भ्रष्टाचार फस्टाएको भन्दै चिन्ता व्यक्त गरे।
  • उनले नेता रवि लामिछानेको सानसौकतको स्रोत र सांसदहरूको जीवनशैलीको पारदर्शितामा प्रश्न उठाए।
  • उनले नेपालको अर्थतन्त्र सुदृढ गर्न थुप्रै उपायहरू खुलाउँदै बालेन शाहको कार्यसूचीमा सकारात्मक धारणा राखे।

देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले आर्थिक पत्रकार कुबेर चालिसेलाई निम्त्याएका छौँ। उनले देशमा मौलाएको विचौलियातन्त्र, राज्यका अंगअंगमा फैलिएको भ्रष्टाचार र अर्थतन्त्रका कमजोरीबारे देशसञ्चार चौतारीमा लामो कुरा गरेका छौँ।

तीन दशकदेखि नेपाली पत्रकारितामा निरन्तर क्रियाशील कुबेर चालिसे राज्यका अंगहरूमा भित्रैसम्म घुसेको विचौलियातन्त्रले भ्रष्टाचारको फसल फस्टाएको बताउँछन्।

उनले प्रश्न गरे-  नेताहरूको चमकदमकपूर्ण जिन्दगीको खर्च कसले व्यहोर्छ? रवि लामिछानेको सानसौकतको स्रोत के हो? सांसद्को चानचुन एक लाख रुपैयाँले उसको जिन्दगी चल्छ?

बिचौलियालाई रोक्न आफ्नो जिन्दगी आर्थिक रूपले पारदर्शी र सरल बनाउनुपर्ने बताउँछन् चालिसे। बिचौलियाले कानुन बनाउन पनि चलखेल गर्ने उनी बताउँछन्।

‘बालुवाटार प्रधानमन्त्रीको अस्थायी निवास हो, तर बिचौलियाको स्थायी बास नै प्रधानमन्त्रीको बेडरूम हो,’ उनले भने। नेताज्यूहरूको अपारदर्शी जीवनशैलीलाई नै बिचौलियातन्त्रको प्रमुख कारण मान्छन् उनी।

बालेन शाह नेतृत्वको सरकारले ल्याएको १०० कार्यसूचीहरू कार्यान्वयन हुनसक्ने पनि उनले बताए। सरकारले चाहेको खण्डमा यीमध्ये थुप्रै योजनाहरू पूरा हुने पनि उनले बताए।

चालिसेले नेपालमा भ्रष्टाचार रोक्न थुप्रै उपायहरू पनि देशसञ्चार चौतारीका क्रममा खुलाएका छन्।

उनले नेपालको अर्थतन्त्रका समस्याहरू, राजस्व अनुसन्धान विभाग बन्द हुँदाका राम्रो पक्ष र अर्थतन्त्रलाई सुदृढ गर्ने उपायहरू पनि खुलाएका छन्।

 

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…