नाटोबाट बाहिरिन सक्ने ट्रम्पको चेतावनी, बेलायत भन्छ– इरान युद्धमा सहभागी हुन्नौं

नाटोबाट बाहिरिन सक्ने ट्रम्पको चेतावनी, बेलायत भन्छ– इरान युद्धमा सहभागी हुन्नौं
फाइल
+
-
देशसञ्चार AI सारांश
  • राष्ट्रपति ट्रम्पले नाटोबाट बाहिरिने विचार गरिरहेको बताउँदै, यसलाई ‘कागजी बाघ’ भनेका छन् र समर्थनको कमीको आलोचना गरेका छन्।
  • इरानसँगको युद्धमा अमेरिकी सहभागितामा नाटो देशहरूको समर्थन नपाएकोमा ट्रम्प निराश भएका छन्, विशेष गरी होर्मुज जलडमरूको सुरक्षा सुनिश्चित गर्न।
  • बेलायती प्रधानमन्त्री कीर स्टार्मरले इरानविरुद्धको युद्धमा बेलायतको सहभागिता अस्वीकार गर्दै राष्ट्रिय हितलाई प्राथमिकता दिने स्पष्ट बताएका छन्।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उतर एट्लान्टिक सन्धि संगठन (नाटो) बाट बाहिरिने विषयमा गम्भीर रूपमा सोचिरहेको बताएका छन्। उनले नाटोलाई ‘कागजी बाघ’ जस्तै भएको टिप्पणी गर्दै अमेरिका उक्त संगठनबाट बाहिरिने विषयमा गम्भिर छलफलमा रहेको बताए। नाटोमा अधिकांस युरोपियन देशहरु सैन्य गठबन्धनमा सहभागि छन्। यो गठबन्धनमा क्यानडा र अमेरिका समेत रहेका छन्। यो संगठनले कुनैपनि देशमाथिको आक्रमण आफूमाथिको आक्रमण सम्झिएर साझा प्रतिकार गर्ने संकल्प गरेको छ।

एक अन्तर्वार्तामा ट्रम्पले भने, आफू पहिले देखि नै नाटोबाट धेरै प्रभावित नभएको र रूसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि यस्तै सोच राख्छन् भन्ने आफूलाई लाग्ने बताए। ट्रम्पका अनुसार अमेरिका सधैं आफ्ना सहयोगी देशहरूको साथमा उभिँदै आएको छ, तर अहिलेको परिस्थितिमा भने अमेरिकाको साथमा कोही पनि देखिएन। उनले उदाहरण दिँदै भने, युक्रेनलाई कठिन समयमा अमेरिकाले सहयोग गरेको थियो, तर अहिले त्यही प्रकारको समर्थन अमेरिकाले पाउन सकेको छैन।

यो बयान त्यतिबेला आएको हो जब नाटोका देशहरूले एकपछि अर्को गर्दै इरानसँगको युद्धमा अमेरिकालाई साथ दिन अस्वीकार गरेका थिए। अमेरिका चाहन्थ्यो कि नाटोका देशहरूले होर्मुज जलडमरू (स्ट्रेट अफ हर्मुज) खुला राख्न आफ्नो युद्धपोत पठाऊन् र सकेको सहयोग पूर्ण रुपमा गरुन् तर उनीहरूले त्यसो गरेनन्।

ट्रम्पले बेलायतका प्रधानमन्त्री कीर स्टार्मरको पनि आलोचना गर्दै भने कि उनले इरानविरुद्धको युद्धमा सहभागी हुन अस्वीकार गरेका छन्। बुधबार बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले राष्ट्रलाई सम्बोधन गर्दै इरानविरुद्ध भइरहेको यो युद्ध बेलायतको युद्ध नभएको भन्दै बेलायत यसमा सहभागी नहुने बताए। तर उनले बेलायतले एउटा विश्वस्तरीय शिखर सम्मेलन आयोजना गर्ने, जहाँ होर्मुज जलडमरू फेरि कसरी खोल्ने भन्ने विषयमा छलफल गरिने जानकारी दिए।

स्टार्मरले भने, ‘माथि जति नै दबाब आए पनि वा जस्तोसुकै कुरा भए पनि, म हरेक निर्णय बेलायतको राष्ट्रिय हितलाई ध्यानमा राखेर मात्रै लिन्छु। त्यसैले मैले स्पष्ट रूपमा भनेको छु, यो हाम्रो युद्ध होइन र हामी यसमा सहभागी हुने छैनौँ।’

उनले चेतावनी दिँदै भने कि यो युद्ध अब दोस्रो महिनामा प्रवेश गरिसकेको छ, जसको असर बेलायतको अर्थतन्त्रमा पनि पर्न सक्छ। तर उनले यो पनि विश्वास दिलाए कि ‘बेलायत यस्तो परिस्थितिसँग जुध्न तयार छ र सरकारले आवश्यक कदमहरू चालिरहेको छ।’ उनले भने।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…