उपराष्ट्रपति यादवसँग साउदी अरेबियाका राजदूत मनिकरको शिष्टाचार भेट

उपराष्ट्रपति यादवसँग साउदी अरेबियाका राजदूत मनिकरको शिष्टाचार भेट
+
-
देशसञ्चार AI सारांश
  • उपराष्ट्रपति यादवले साउदी राजदूतलाई नियुक्तिको बधाई दिँदै द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन उच्चस्तरीय भ्रमणको आवश्यकता औँल्याए।
  • नेपाली कामदारहरूको हकहितको लागि सहयोगमा सन्तोषजनक द्विपक्षीय श्रम सम्झौताले श्रम सहयोगलाई मजबुत बनाएको बताए।
  • नेपालको विकासमा साउदीको सहकार्यको इच्छालाई दलाली गर्दै राजदूत मनिकरले आर्थिक क्षेत्रको सम्भावनामा जोड दिए।

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए मनिकरले शिष्टाचार भेट गरेका  छन्।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटवार्तामा उपराष्ट्रपति यादवले नेपालको राजदूतमा नियुक्ति भएकोमा राजदूतलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए।

उनले भने, “सन् १९७७ मार्चमा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई मुलुकबीचको सम्बन्ध मित्रता, सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित रही आएको छ।”

उपराष्ट्रपति यादवले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण आदान–प्रदानको आवश्यकता औँल्याउँदै हालै सम्पन्न साउदी विदेशमन्त्री फैसल बिन फरहान अल साउदको नेपाल भ्रमण र नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीहरूको साउदी भ्रमणलाई स्मरण गरे।

नेपाली आप्रवासी कामदारका लागि साउदी अरेबिया प्रमुख गन्तव्य रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले कामदारहरूको हकहितको संरक्षणका लागि साउदी सरकारको सहयोगप्रति विश्वास व्यक्त गर्दै २५ जनवरी २०२६ मा हस्ताक्षर भएको द्विपक्षीय श्रम सम्झौता श्रम सहयोगलाई मजबुत बनाउन महत्त्वपूर्ण भएको बताए।

पर्यटनका सन्दर्भमा उपराष्ट्रपति यादवले नेपालको प्राकृतिक सौन्दर्यता, संस्कृति र नेपालीहरूको मिलनसार व्यवहारका कारण साउदी पर्यटकका लागि नेपाल आकर्षक गन्तव्य बन्न सक्ने बताए।

साथै, नेपाली मुस्लिम समुदाय हज तथा उमराहका लागि हरेक वर्ष साउदी अरेबिया जाने गरेको उल्लेख गर्दै यस सम्बन्धमा साउदी सरकारको सहयोगप्रति धन्यवाद दिए।

राजदूत फाहद मोहम्मद ए मनिकरले नेपालको विकासका लागि साउदी अरेबिया विभिन्न क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताए। उनले आर्थिक क्षेत्रमा विशेष सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा नेपाल–साउदी सम्बन्धलाई थप बलियो बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…