इरानमा शक्तिशाली आक्रमण गर्ने ट्रम्पको धम्कीले घट्यो सेयर बजार, बढ्यो तेलको भाउ

इरानमा शक्तिशाली आक्रमण गर्ने ट्रम्पको धम्कीले घट्यो सेयर बजार, बढ्यो तेलको भाउ
+
-
देशसञ्चार AI सारांश
  • ट्रम्पले इरानमाथि कडा प्रहार गर्ने चेतावनी दिँदै सहयोगी राष्ट्रहरूलाई आफ्नो सुरक्षा आफैं गर्न आह्वान गरे।
  • ट्रम्पको सम्बोधनपछि विश्वभरका सेयर बजारमा गिरावट देखिनुका साथै कच्चा तेलको मूल्य प्रति ब्यारेल १०६ डलरसम्म पुगेको छ।
  • इरानले ट्रम्पको युद्धविरामको दाबीलाई झुटो भन्दै अस्वीकार गरेपछि अमेरिकामा तेलको मूल्य प्रति ब्यारेल ६ डलरले बढ्यो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रको नाममा सम्बोधन गर्दै सहमतिमा नआए इरानमाथि ‘अत्यन्त कडा’ प्रहार गर्ने धम्की दिए। उनले आफ्नो सम्बोधनमा जिततर्फ उन्मुख भएको बताए। तर उनको सम्बोधनपछि अन्तर्राष्ट्रिय बजार फेरी एकपटक उथलपुथल भएको छ।

तेलको मूल्य बढ्दा सेयर बजार भने घटेको छ। ट्रम्पले ह्वाइट हाउसबाट प्रसारित प्राइमटाइम सम्बोधनमा अमेरिकाले इरानमाथि शक्तिशाली हमला गर्ने बताएका थिए। आफ्नो सम्बोधनमा ट्रम्पले सहयोगी राष्ट्रहरूलाई ‘स्ट्रेट अफ हर्मुज’ आफूलाई आवश्यक नपर्ने र आवश्यक पर्ने राष्ट्रले आफ्नो सुरक्षा आफै गर्नुपर्ने बताए।

साथै उनले जहाज आवागमन सुरक्षित बनाउन सम्बन्धित र आवश्यक पर्ने देशहरुले ‘साहस गर्न’ आग्रह गरे। उनले आफ्नो सम्बोधनका क्रममा पछिल्ला केही दिनदेखि दोहोर्‍याइँदै आएका कुराहरूकै पुनरावृत्ति गरेका थिए।

राष्ट्रपति ट्रम्पको भनाइले विश्व बजारलाई आश्वस्त बनाउन सकेन। एसियामा भारी मात्रा सेयरबजारमा गिरावट देखिएको छ। साथै कच्चा तेलको मूल्य प्रति ब्यारेल १०६ डलरसम्म पुगेको छ। भाषणअघि, इरानको परराष्ट्र मन्त्रालयले ट्रम्पले ‘इरानले युद्धविराम मागेको’ दाबीलाई झुटो र आधारहीन भन्दै अस्वीकार र खण्डन गरेको थियो।

यस भाषणपछि अमेरिकामा कच्चा तेलको मूल्य भाषणअघि भन्दा प्रति ब्यारेल करिब ६ डलरले बढेको छ। भाषणअघिसम्म ९८ डलर थियो। अमेरिकी समय अनुसार राति १० बजेसम्ममा उक्त भाउ बढेर १०४ डलर पुगेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…