इरानमा हराएका पाइलट सुरक्षित रुपमा भेटायौँ: ट्रम्प

इरानमा हराएका पाइलट सुरक्षित रुपमा भेटायौँ: ट्रम्प
+
-
देशसञ्चार AI सारांश
  • अमेरिकी सैनिकहरूले इरानमा हराइरहेका एक विमानचालकलाई सफलतापूर्वक उद्धार गरेको घटनाको पुष्टि गरेका छन्।
  • ट्रम्पले ट्रूथ सोसलमा लिखित घोषणा गर्दै यो साहसिक उद्धार अभियान सफल भएकोमा गर्व प्रकट गरे।
  • हराइरहेका सैनिक दक्षिणी इरानको जोखिमपूर्ण पहाडी क्षेत्रमा फेला परेका भन्दै पूर्ण रुपमा सुरक्षित रहेको जानकारी दिइयो।

अमेरिकी सैनिकहरूले इरानमा हराइरहेका आफ्ना एक सैन्य विमानचालकलाई सुरक्षित रुपमा फेला पारेका छन्। उनीहरूले चालकदलका ती सदस्यलाई सफलतापूर्वक उद्धार गरेको जनाएका छन्। साथै यो अभियानमा संलग्न सबै सैनिकहरू सफलता पूर्वक फर्किएको ट्रम्पले सामाजिक सञ्जाल ट्र्थ सोसलमार्फत जानकारी दिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमा हराइरहेका अमेरिकी सैनिक सुरक्षित अवस्थामा फेला परेको घोषणा गर्दै एउटा अत्यन्तै साहसिक उदार कार्य गर्न अमेरिकी सेना सफल भएको बताए।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार, शुक्रबार दक्षिणी इरानमाथि खसालिएको एफ-१५ लडाकु विमानका हराइरहेका चालकदलका एक सदस्यलाई अमेरिकी सेनाले उद्धार गरेको छ।

ट्रम्पले ट्रुथ सोसलमा लेख्दै उक्त सैनिक पूर्ण रुपमा सुरक्षित (सेफ एण्ड साउन्ड) अवस्थामा फेला परेको जानकारी दिएका छन्।

उनले भने ‘हामीले उनलाई फेला पार्यौँ! मेरा प्रिय अमेरिकी नागरिकहरू, पछिल्ला केही घण्टामा अमेरिकी सेनाले आफ्नो इतिहासकै सबैभन्दा साहसिक खोज तथा उद्धार अभियान सफल बनाएको छ’,ट्रम्पले भने।

उनले थपे ‘हराइरहेका सैनिक अत्यन्त सम्मानित कर्णेल हुन्, जो इरानका जोखिमपूर्ण पहाडी क्षेत्रमा शत्रुको घेराभित्र परेका थिए र खोजी भइरहेका थियो।’ तर अमेरिकी सेनाले उनको अवस्थिति २४ घण्टा निरन्तर निगरानी गरिरहेको थियो।

ट्रम्पले अन्त्यमा भने, उनी अहिले ‘पूर्ण रूपमा सुरक्षित’ अवस्थामा रहेको जानकारी दिन पाउँदा म अहिले अत्यन्त खुसी भएको छु।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…