अ
+
अ
अ
-
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मानव, पशुपंक्षी र वातावरण एकअर्कासँग अभिन्न रूपमा जोडिएको भन्दै ‘एक स्वास्थ्य’ अवधारणालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन्।
विश्व स्वास्थ्य दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रकृति र पशुपंक्षी स्वस्थ नभएसम्म मानिस पूर्ण रूपमा स्वस्थ हुन नसक्ने बताइन्।
रेबिजजस्ता सर्ने रोग, जलवायु परिवर्तनका कारण बढ्दो किटजन्य रोग तथा प्रदूषणबाट हुने नसर्ने रोगहरू बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरिन्।
उनले ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’को जोखिम बढ्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सबै क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइन्।
साथै, रोग लागेपछि उपचारभन्दा रोकथाममा बढी ध्यान दिनुपर्नेमा जोड दिँदै नागरिकलाई सरसफाइ, पशु खोप र औषधि प्रयोगमा सचेत हुन आग्रह गरिन्।
भर्खरै
लोकप्रिय
