झापामा आठ लाख नागरिक स्वास्थ्य बिमामा आबद्ध

झापामा आठ लाख नागरिक स्वास्थ्य बिमामा आबद्ध
+
-
देशसञ्चार AI सारांश
  • झापामा स्वास्थ्य बिमामा आबद्ध जनसङ्ख्या ८४.३९ प्रतिशत पुगेको छ, कुल ८ लाख ४२ हजार ३३० नागरिक सहभागी छन्।
  • जिल्लाका ९८ प्रतिशत परिवार स्वास्थ्य बिमामा आबद्ध भइसकेका छन्, दुई लाख १७ हजार ५२३ बीमित परिवार छन्।
  • स्वास्थ्य बीमाको पहुँच विस्तार गरी १५ स्थानीय तहमा सेवा प्रदान गरिएको छ, २७ संस्था सूचीकृत छन्।

भद्रपुर (झापा) – झापामा चालु आर्थिक वर्ष २०८२/८३ को चैत २४ गतेसम्म जिल्लाका आठ लाख ४२ हजार ३३० नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन्। यो जिल्लाको कुल जनसङ्ख्याको ८४ दशमलव ३९ प्रतिशत हो।

नेपाल सरकारद्वारा सामाजिक सुरक्षाअन्तर्गत सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रमप्रति झापाका नागरिकको आकर्षण निरन्तर बढ्दै गएको तथ्याङ्कले देखाएको छ।

“राज्यको लगानी, नागरिकको योगदानः स्वास्थ्य बीमा साझा अभियान” मूल नारासहित स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालयले आज मनाइएको दशौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आयोजित कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो।

सोही अवधिसम्म जिल्लामा बीमित परिवारको सङ्ख्या दुई लाख १७ हजार ५२३ पुगेको छ, जुन जिल्लाभरका कुल परिवार सङ्ख्याको ९८ प्रतिशत हो। स्वास्थ्य बिमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालय संयोजक लक्ष्मी कँडेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा स्वास्थ्य बीमाको पहुँच विस्तार भइसकेको छ।

स्थानीय तहगत विवरणअनुसार दमक नगरपालिकामा सबैभन्दा बढी एक लाख २२ हजार ७९७ नागरिक बीमित भएका छन् भने झापा गाउँपालिकामा सबैभन्दा कम १९ हजार ४९ जना बीमामा आबद्ध छन्।

जिल्लामा हाल २७ स्वास्थ्य सेवा प्रदायक संस्था स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत भई सेवा प्रवाह गर्दै आएका छन्। सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसहित कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको संयोजक कँडेलले जानकारी दिए।

दिवसका अवसरमा विभिन्न स्थानीय तहमा दर्ता सहयोगीका रूपमा कार्यरत कर्मचारीलाई सम्मान गरिएको थियो। कार्यसम्पादन मूल्याङ्कनका आधारमा प्रत्येक स्थानीय तहबाट उत्कृष्ट दर्ता सहयोगीलाई प्रशंसापत्रसहित सम्मान गरिएको संयोजक कँडेलले बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…