सरकारी ठेक्का प्रणाली ह्याक गरी विवरण हेरफेर गर्ने ६ जना पक्राउ

सरकारी ठेक्का प्रणाली ह्याक गरी विवरण हेरफेर गर्ने ६ जना पक्राउ
सांकेतिक तस्बिर
+
-

काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ-गभर्न्मेन्ट प्रोक्युर्मेन्ट’ (इ-जीपी) प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका विवरणहरू हेरफेर गरेको आरोपमा नेपाल प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै डकुमेन्ट परिवर्तन गरी विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूर गरेको उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर ब्यूरोको संयुक्त टोलीले विभिन्न मिति र स्थानबाट यी अभियुक्तहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा ३३ वर्षीय दिवाकर देउजा, २५ वर्षीय भरत धामी, ३९ वर्षीय संजय भट्ट, ३५ वर्षीय भाष्कर राज अर्याल, ४० वर्षीय सागर कटुवाल र ६२ वर्षीय जीवन कुमार दास रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले सरकारी प्रणालीमा अनाधिकृत प्रवेश गरी ठेक्का प्रक्रियामा चलखेल गरेको पाइएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ का साथै हाल परिवर्तन भएको संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिएका छन्।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…