लेबनानमा इजरायली आक्रमणबाट एकै दिन २ सय ५४ जनाको मृत्यु, राष्ट्रिय शोकको घोषणा

लेबनानमा इजरायली आक्रमणबाट एकै दिन २ सय ५४ जनाको मृत्यु, राष्ट्रिय शोकको घोषणा
+
-

इजरायलले लेबनानमा गरेको हवाइ आक्रमणमा एकै दिन २ सय ५४ जनाको मृत्यु भएको छ। यो आक्रमणमा १,१६५ भन्दा बढी मानिस घाइते भएका छन्। एकै दिन यति धेरै हताहति भएपछि लेबनानमा राष्ट्रिय शोक घोषणा गरिएको छ।

लेबनानका प्रधानमन्त्री नवाफ सलामले देशका सबै राजनीतिक तथा कूटनीतिक स्रोत परिचालन गरेर इजरायली आक्रमण रोक्ने प्रयास भइरहेको बताएका छन्।

स्वास्थ्यमन्त्री रकन नसेरदिनले अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेका छन्। ठूलो संख्यामा घाइतेहरूको उपचार गर्नुपर्दा स्वास्थ्य प्रणालीमा निकै दबाब परेको छ।

यसैबीच, युद्धविराम (सीजफायर) को विषयमा विवाद झन् गहिरिएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले लेबनान उक्त सम्झौतामा समावेश नभएको बताएका छन्। भान्सले भने, ‘हामीले यस्तो कुनै प्रतिबद्धता गरेका थिएनौँ।’

उता, इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिका सामु स्पष्ट विकल्प रहेको बताएका छन्। या त युद्धविराम लागू गर्ने, वा इजरायलमार्फत युद्ध जारी राख्ने। उनका अनुसार, यी दुई कुरा सँगै सम्भव छैनन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…