अ
+
अ
अ
-
गृहमन्त्री सुधन गुरुङले गृहसचिव राजकुमार श्रेष्ठको कार्यशैलीको प्रशंसा गर्दै सामाजिक सञ्जालमा सकारात्मक टिप्पणी गरेका छन्।
मन्त्री गुरुङले शुक्रबार राति १०:०६ बजे एक पोस्ट साझा गर्दै आफूले मन्त्रालयको पदभार ग्रहण गरेदेखि नै सचिव श्रेष्ठले मन्त्रालयको मर्म र भावनाअनुसार उत्कृष्ट कार्यसम्पादन गरिरहेको उल्लेख गरेका हुन्।
उनले सचिव श्रेष्ठ कुनै गुनासो बिना नै अबेर रातिसम्म र ओभरटाइम खटिएर काम गर्ने गरेको भन्दै विशेष धन्यवाद समेत व्यक्त गरेका छन्।
कहिले कार्यालयमै सुतेको तस्बिर पोस्ट गर्ने, कहिलेकाहिँ रातभरि प्रहरी प्रधान कार्यालयमा मिटिङ गर्ने गृहमन्त्री गुरुङले शुक्रबार राति गृहसचिव श्रेष्ठको प्रशंसा गरेका हुन्।
भर्खरै
लोकप्रिय
