ट्रम्पले आज साँझदेखि ‘होर्मुज’ नाकाबन्दी गर्दै, चीनलाई ५० प्रतिशत ट्यारिफ लगाउने चेतावनी

ट्रम्पले आज साँझदेखि ‘होर्मुज’ नाकाबन्दी गर्दै, चीनलाई ५० प्रतिशत ट्यारिफ लगाउने चेतावनी
+
-
देशसञ्चार AI सारांश
  • अमेरिकी सेन्ट्रल कमाण्डले नेपाली समय अनुसार साँझ ७:४५ बजेबाट स्ट्रेट अफ होर्मुजमा जहाजहरू पूर्ण रूपमा रोक्ने घोषणा गरेको छ।
  • ट्रम्पले इरानमाथि नाकाबन्दीको उद्देश्य तेल बिक्रीमा रोक लगाउने र इरानको नौसेनालाई समाप्त पारिसकेको दाबी गरेका छन्।
  • इरान विरुद्ध नाकाबन्दीको घोषणाले एसियाली सेयर बजार र तेल मूल्यमा गिरावट र वृद्धि क्रमशः देखाइएको छ।

अमेरिकाले आजदेखि ‘स्ट्रेट अफ होर्मुज’ मा नाकाबन्दी लागू गर्ने तयारी गरेका छन्। अमेरिकी सेन्ट्रल कमाण्डकाअनुसार, नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखि इरानका बन्दरगाहहरूतर्फ आउने-जाने जहाजहरू पूर्ण रुपमा रोकिने छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले नाकाबन्दीको उद्देश्य इरानको तेल बिक्री रोक्नु रहेको बताएका छन्। ट्रम्पकाअनुसार, अन्य धेरै देशहरूले पनि यो प्रयासमा आफूलाई साथ दिएको बताएका छन्। ट्रम्पले दाबी गरेका छन् कि इरानको सैन्य शक्तिमा ठूलो क्षति पुगेको छ र उसको नौसेना लगभग समाप्त भइसकेको छ। उनले १५८ जहाजहरू ध्वस्त पारिएको दाबी समेत गरेका छन्।

यसैबीच वाल स्ट्रीट जर्नलको रिपोर्टमा पाकिस्तानमा भएको वार्ता विफल भएपछि अमेरिकाले इरानमाथि पुनः सैन्य हमला गर्ने विषयमा पनि ट्रम्पले विचार गरिरहेको जनाइएको छ। ह्वाइट हाउसले स्पष्ट पारेको छ कि सबै विकल्पहरू खुला छन् र अवस्था अनुसार अगाडिको निर्णय लिइने उसले जनाएको छ।

ट्रम्पको चीनलाई धम्की-इरानलाई मद्दत नगर
यसैबीच ट्रम्पले चीनलाई इरानलाई सहयोग नगर्न चेतावनी दिएका छन्। उनले एउटाअन्तर्वार्तामा भने,’यदि चीन इरानलाई सैन्य मद्दत गरिरहेको अवस्थामा समातियो भने, उसमाथि ५० प्रतिशतसम्म ट्यारिफ लगाइने छ।’

त्यस्तै, ट्रम्पले ब्रिटेन र केही अन्य देशहरूले होर्मुज स्ट्रेटमा माइन (बारुदी सुरुङ) हटाउने नौसैनिक जहाजहरू पठाउने पनि बताए। यसअघि ट्रम्पले भनेका थिए कि उनको देशले सही समय आएपछि इरानविरुद्ध कारबाही गर्नेछ। उनी यसका लागि पूर्ण रूपमा तयार छन्।

उनले आफ्नो सोसल मिडिया पोस्टमा भनेका छन् कि अमेरिका ‘लक्ड एण्ड लोडेड’ छ, अर्थात् पूर्ण रूपमा तयार छ। जब सही समय आउनेछ, अमेरिकी सेनाले इरानमाथि कारबाही गर्न सक्छ।

होर्मुज स्ट्रेटबाट जहाजहरूको आवतजावत लगभग ठप्प
अमेरिकाले ‘स्ट्रेट अफ होर्मुज’ नाकाबन्दीको घोषणाको असर तुरुन्तै देखिन थालेको छ। यस समुद्री मार्गबाट जहाजहरूको आवतजावत लगभग ठप्प भएको छ।

समुद्री गुप्तचर फर्म लोयड्स लिस्टका अनुसार, नाकाबन्दीको घोषणापछि ट्राफिक तुरुन्तै रोकियो र धेरै जहाजहरूले बाटो परिवर्तन गरे वा फिर्ता भए। यद्यपि, यो मार्गमा यसअघिनै इरानले नियन्त्रणमा लिएर सिमित मात्र जहाजहरु आवतजावत गरिरहेका थिए।

अमेरिकाको नाकाबन्दीले एसियाली सेयर बजारमा गिरावट
इरानविरुद्ध अमेरिकी नाकाबन्दीको घोषणाले एसियाली सेयर बजारहरूमा गिरावट देखिएको छ। जापानको निक्केई २२५ इन्डेक्स ०.८४ प्रतितोला ओरालो लाग्दा टोपिक्स ०.४२ प्रतितोला तल रह्यो। दक्षिण कोरियाको कोस्पी इन्डेक्स १.८३ प्रतितोलाले तल झर्‍यो।

लगानीकर्ताहरूमा नाकाबन्दीका कारण तेल आपूर्ति प्रभावित हुन सक्ने, विशेष गरी होर्मुज स्ट्रेटमार्फत हुने आपूर्तिमा असर पर्न सक्ने विषयलाई लिएर चिन्ता बढेको छ।

अमेरिकाको नाकाबन्दी घोषणापछि तेलको मूल्य बढ्यो
अमेरिकाले सोमबारदेखि इरानी बन्दरगाहहरूको नाकाबन्दी गरिने घोषणा गरेको छ। यसपछि कच्चा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ।

सुरुवाती कारोबारमा अमेरिकी क्रुड आयल ८ प्रतितोला बढेर १०४.२४ डलर प्रति ब्यारेल पुगेको छ। त्यस्तै, अन्तर्राष्ट्रिय मानक ब्रेन्ट क्रुड ७ प्रतितोला बढेर १०२.२९ डलर प्रति ब्यारेल पुगेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…