विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड
+
-
देशसञ्चार AI सारांश
  • हरेक वर्ष मे १७ मा मनाइने ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ सूचना-प्रविधि प्रयोगबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन उद्देश्य राख्छ।

  • डिजिटल विभाजनले सूचना-प्रविधि पहुँचमा रहेका र नभएका बीचको असमानतालाई जनाउँछ, जसमा शहरी र ग्रामीण भिन्नता उल्लेख्य छ।

  • सन् १९६९ देखि मनाउन थालिएको दिवस इन्टरनेट र सञ्चार प्रविधिको आर्थिक र सामाजिक लाभबारे चेतना फैलाउन केन्द्रित छ।

काठमाडौँ-आज विश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

‘इन्टरनेट’ तथा सूचना–सञ्चार प्रविधि (आइसिटी) को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिन्छ ।

‘डिजिटल विभाजन’ भन्नाले सूचना तथा सञ्चार प्रविधि (इन्टरनेट, कम्प्युटर, स्मार्टफोन आदि) मा पहुँच भएका र पहुँच नभएका व्यक्ति, समुदाय वा क्षेत्रबीचको असमानतालाई जनाउँछ । विशेषगरी इन्टरनेट सेवा, प्रविधिको प्रयोग गर्ने सीप, डिजिटल शिक्षा तथा सूचना प्राप्त गर्ने अवसरको उपलब्धता र अनुलब्धता हो । शहरबजारका मानिसले सहज रूपमा इन्टरनेट र अनलाइन सेवा प्रयोग गर्न पाउँदा दुर्गम गाउँका मानिस त्यस्तो सुविधाबाट वञ्चित हुनु डिजिटल विभाजन हो ।

विश्व दूरसञ्चार दिवस सन् १९६९ देखि मनाउन प्रारम्भ भएको हो । अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को स्थापना तथा सन् १८६५ मा पहिलो अन्तरराष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भएको दिनको सम्झनामा यो दिवस मनाइन्छ । सन् १९७३ मा स्पेनको मालागा–टोरेमोलिनोसमा सम्पन्न आइटियुको पूर्णाधिकार सम्मेलनले प्रस्ताव नं ४६ मार्फत यस दिवसलाई औपचारिक मान्यता दिएको हो ।

त्यसैगरी, सूचना समाजसम्बन्धी विश्व शिखर सम्मेलन (डब्ल्युएसआइएस) ले सन् २००५ मा संयुक्त राष्ट्रसङ्घीय महासभालाई मे १७ लाई ‘विश्व सूचना समाज दिवस’ घोषणा गर्न आग्रह गरेको थियो । सूचना समाजसँग सम्बन्धित विविध विषय तथा सूचना–प्रविधिको महत्वप्रति ध्यानाकर्षण गराउने उद्देश्यसहित महासभाले सन् २००६ मा प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष यो दिवस मनाउने निर्णय गरेको हो ।

राष्ट्रसङ्घका अनुसार विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको मुख्य उद्देश्य इन्टरनेट तथा सूचना–सञ्चार प्रविधिको प्रयोगबाट समाज र अर्थतन्त्रमा हासिल गर्न सकिने अवसरबारे चेतना फैलाउनुका साथै सबै नागरिकलाई डिजिटल पहुँचमा जोड्ने वातावरण सृजना गर्नु हो ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…