देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले कलाकार बसुन्धरा भुसाललाई निम्त्याएका छौँ। २०१४ सालमा बालकलाकारका रूपमा अभिनययात्रा सुरु गरेकी बसुन्धराले देशसञ्चार चौतारीसँग १ घन्टा ४५ मिनेट लामो कुराकानीमा उनले करिब ७० वर्ष लामो अभिनययात्राबारे खुलेर बोलेकी छन्।
कलाकारहरूका लागि कल्याणकारी कोष बनाउन ठूलो योगदान गरेकी बसुन्धराको लक्ष्य यही कोषमा २० करोड रुपैयाँसम्म पुर्याउने छ। ‘म मर्ने बेलासम्म यो कोषमा २० करोड रुपैयाँसम्म पुर्याउँछु भन्ने लक्ष्य राखेकी छु,’ उनले अन्तर्वार्ताका क्रममा भनिन्।
कलाकारहरूसँग सानो-सानो बिरामी पर्दामात्र होइन, जीवन नै गुम्दा लाश जलाउनेसम्म पैसा नहुने तितो पनि उनले व्यक्त गरिन्। ‘त्यही भएर हामी कल्याणकारी कोष बनाएका हौँ,’ उनले भनिन्।
नेपालको पहिलो सिनेमा ‘आमा’मा अभिनय गरेकी बसुन्धराले भर्खरै ‘झिँगे दाउ- २’ र ‘जिरो डिग्री’मा अभिनय गरेकी छन्। ७० वर्षसम्म पनि उनको अभिनययात्रा उत्तिकै सक्रिय र सशक्त छ।
उनै कलाकार बसुन्धरा भुसालसँग देशसञ्चार चौतारीका लागि गरेको लामो कुराकानी:
भर्खरै
लोकप्रिय
