राष्ट्रिय एआई ह्याकाथन कार्यक्रम आयोजना हुँदै

राष्ट्रिय एआई ह्याकाथन कार्यक्रम आयोजना हुँदै
+
-
देशसञ्चार AI सारांश
  • राष्ट्रिय एआई ह्याकाथन २०२६ ललितपुरको नेपाल कलेज अफ इन्फर्मसन टेक्नोलोजीमा जुन ६ र ७ मा आयोजना हुनेछ।
  • देशभरका २५० भन्दा बढी प्रविधि प्रतिभाहरू ह्याकाथनमा सहभागी भई एआईको माध्यमबाट जटिल समस्याहरूको समाधान खोज्नेछन्।
  • ह्याकाथनको एक हप्तापछि शार्क ट्याङ्क शैलीको पोस्ट-इभेन्ट सत्रमा उत्कृष्ट टोलीहरूले लगानीकर्तासामु पिच गर्नेछन्।

काठमाडौँ– राष्ट्रिय एआई ह्याकाथन कार्यक्रम आयोजना हुँदैछ।

यही जेठ २३ र २४ गते (जुन ६ र ७) ललितपुरको बालकुमारीस्थित नेपाल कलेज अफ इन्फर्मसन टेक्नोलोजीमा कार्यक्रम आयोजना हुन लागेको हो।

प्रविधि क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग र स्थानीय नवप्रवर्तनर्तलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘राष्ट्रिय एआई ह्याकाथन २०२६’ आयोजना हुन लागेको आयोजक कम्पनी कोडदृष्टि सफ्टवेयर प्रालिले जनाएको छ।

३२ घण्टासम्म निरन्तर चल्ने यस ह्याकाथनमा देशभरका विकासकर्ता, विद्यार्थी, अनसुन्धानकर्ता, नवप्रवर्तकर्त तथा प्रविधि उद्यमीहरू एउटै थलोमा भेला भई वास्तविक ससांरका जटिल समस्याहरूको एआई प्रविधिमार्फत् उच्च-प्रभावकारी समाधान खोज्न प्रतिस्पर्धा गर्नेछन्।

आयोजक कोडदृष्टिका अनुसार यस राष्ट्रिय स्तरको कार्यक्रममा नेपालका सातै प्रदेशका दुई सय ५० भन्दा बढी प्रविधि प्रतिभाहरूले
सहभागिता जनाउनेछन्। यसपटकको ह्याकाथन केवल कोडिङ र परम्परागत पुरस्कार जित्नेमा मात्र सीमित नभई व्यावसायिकतासँग
सिधै जोडिने आयोजकको दाबी छ।

ह्याकाथन सकिएको ठीक एक हप्तापछि ‘शार्क ट्याङ्क शैली’को अवधारणामा आधारित एक विशषे पोस्ट-इभेन्ट सत्र
आयोजना गरिनेछ। यस विशषे सत्रमा उत्कृष्ट टोलीहरूले आफ्ना एआई परियोजना र व्यावसायिक आइडियाहरू देशका प्रतिष्ठित लगानीकर्ता र व्यापारिक लिडरहरूसामु सिधै ‘पिच’ गर्ने विशषे अवसर पाउनेछन्।

जसबाट उनीहरूले तत्कालै वास्तविक लगानी र बजारमा जाने व्यावसायिक मार्ग दर्गदर्शन प्राप्त गर्न सक्ने आयोजक कोडदृष्टिले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…