जोखिमयुक्त प्रयोग

जोखिमयुक्त प्रयोग
+
-
देशसञ्चार AI सारांश
  • पर्याप्त गृहकार्य र सिर्जनशील ध्येयले लिइने नीतिगत निर्णयले अपेक्षित परिणाम ल्याउने सम्भावना बढाउँछ।
  • राजदूत नियुक्तिमा खुला आवेदन आह्वानले परराष्ट्र सेवालाई हतोत्साहित गर्दै कर्पोरेट शैलीले विदेश नीति कमजोर बनाउँछ।
  • नेपालको परराष्ट्र सेवा र लोकसेवामा अवमूल्यन गरी अनावश्यक प्रयोगले बाह्य नीतिमा जोखिम निम्त्याउनेछ।

सिर्जनात्मक र असल ध्येयका साथ पर्याप्त गृहकार्य गरेर लिइने नीतिगत निर्णयले अपेक्षित परिणाम ल्याउन सक्छन्। खास गरी निजी र स्वायत्त सरकारी निकायहरूमा यस्ता प्रयोग स्वभाविक मानिन्छन्। तर, राज्य सञ्चालनमा अनायास त्यस्ता प्रयोग घातक सावित हुन सक्छन्।

सरकारले मुलुकको बाहिरी जगतमा छवी उकास्न विकास साझेदारी तथा निवेश आकर्षित गर्नु नेपालका विविधता सहितका गौरवशाली र समृद्ध सांस्कृतिक अनि सामाजिक पक्षलाई प्रवर्द्धन गर्दै दीर्घकालीन महत्त्वका सेतु निर्माण गर्ने दायित्व बोकेको राजदूतहरूको नियुक्तिमा खुल्ला आवेदन आह्वान गरेको छ। ‘ट्यालेन्ट हन्ट’ अथवा उचित कार्यका लागि प्रतिभाको खोजी सकरात्मक पहुँच हुन सक्छ, तर राज्य व्यवस्था अप्रचलित र मान्य सिद्धान्त तथा अभ्यास अनुरुप निर्मित संयन्त्रहरूलाई अबमूल्यन गरी अति उत्साहका साथ गरिएका प्रयोग प्रत्युत्पादक हुन्छन्।

सरकारले राजदूत नियुक्तिका लागि आवेदन आह्वान गर्दा हाम्रो परराष्ट्र सेवालाई त्यसले कुन रुपमा हतोसाहित गर्ला? अनि ‘विज्ञ सेवा’लाई उपेक्षित गर्दै ‘कर्पोरेट शैली’लाई मुलुकको विदेश नीति निर्माणमा यसरी प्रवेश दिनुले के नेपालको बाह्य हैसियत उकास्ला?

‘क्रम भंगता’मा प्रधानमन्त्रीले संसदमा कुनै औपचारिक समारोहमा ‘सेतो क्यानभास’ लगाएर जानु एउटा पक्ष होला तर त्यसले के यस्ता समारोहहरूको गरिमालाई उकास्ला? अनि उत्साहले मुलुकलाई पुर्‍याउने क्षतिबारे बालेन सरकारले के साँच्चै नै सोचेको छ? मुलुक ‘कर्पोरेट इन्टिटी’ हैन। सम्बन्धित विषयमा सीइओहरूले हाम्रो दर्खास्त या आवेदन लेख्लान, कसरी यस वृद्धि गर्ने भन्नेबारे उनीहरूसँग राम्रो सोच पनि हुन सक्छ तर परराष्ट्र सेवानमा अपेक्षित लाभ मुलुकको समग्र लाभ या हितसँग सरोकार राख्दछ।

नेपाल एकीकरण देखिनै अक्षुणरुपमा स्वतन्त्र रहँदै आएको नेपालले विगत २० वर्षमा आफ्नो आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेप निम्ताएको छ। नेपाली कांग्रेस, एमाले, माओवादी र केही मधेश केन्द्रित शक्तिहरूले बाह्य दासत्व अंगाली नेपालको स्वतन्त्र हैसियतको अवमूल्यन गरेका छन्। बालेन सरकारबाट गरिएको अपेक्षा  सुट, टाई कल्चरका बाबुहरूलाई परराष्ट्र सेवामा भित्राउलान भन्ने थिएन।

स्वतन्त्र  राष्ट्रको गौरव र उसको विदेश नीतिको मूल्य मान्यता स्थापित गर्नमा सिर्जनशील भूमिका खेल्लान भन्ने अपेक्षा थियो उनीबाट ‘कर्पोरेट’ शैलीको प्रकृया अवान्छित प्रयोग हो। यसमा लोकसेवादेखि परराष्ट्र सेवासम्मलाई अवमूल्यन गरिएको सन्देश गई सकेको छ।  यी सेवाहरूलाई थप दक्ष बनाउनुको साटो मन्त्रीपरिषद् अर्को अनावश्यक प्रयोगमा जानु जोखिमयुक्त सावित हुने छ राष्ट्रको बाह्य नीतिमा।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…