- मिल्स गोल्डकपको छैटौं संस्करणको उपाधि जित्दै टिडब्लुसी वाईले कोशी प्रदेश प्रहरी कार्यालयलाई २–० ले पराजित गर्याे।
- टिडब्लुसी वाईले उपाधिसँगै २ लाख १ हजार रुपैयाँ प्राप्त गर्दा उपविजेताले १ लाख १ हजार जित्यो।
- फाइनलमा अभिषेक लिम्बू र भुवन बस्नेतले गोल गर्दा उत्कृष्ट खेलाडीमा प्रवेश बस्नेत घोषित भए।
माेरङ – मिल्स गोल्डकपको छैटाैँ संस्करणको उपाधि विराटनगरको टिडब्लुसी वाईले हात पारेको छ।
विराटनगरको जुट मिलस्थित मैदानमा आइतबार सम्पन्न उपाधि भिडन्तमा रानीस्थित कोशी प्रदेश प्रहरी कार्यालयलाई २ शून्यले स्तब्ध बनाउँदै टिडब्लुसीवाईले उपाधि हात पारेको हो।
उपाधिसँगै टिडब्लूसीवाईले २ लाख १ हजार रुपैयाँ हात पारेको छ। त्यसैगरि, उपविजेतामा सीमित बनेको प्रदेश प्रहरी कार्यालयको टोली १ लाख १ हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भएको छ। टिडब्लुसी वाईको जितमा भुवन बस्नेत र अभिषेक लिम्बूले समान एक गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८ औं मिनेटमा बस्नेतले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
उनले दोर्जे तामाङको पासलाई सही रुपमा सदुपयोग गरेका थिए। त्यसैगरि, खेलको ६६ औं मिनेटमा अभिषेक लिम्बूले हेडमार्फत गोल गर्दै टोलीको जित सुनिश्चित बनाएका थिए। फाइनलको ‘प्लेयर अफ द म्याच’ प्रदेश प्रहरी कार्यालयका सुमित प्रधान घोषित भए।
गोल्डकपको उदयीमान खेलाडीमा लालीगुराँस स्पोर्टिङ क्लबका अभिराम घोषित भए। त्यसैगरि, सर्वोत्कृष्ट खेलाडीमा विराटनगरका प्रवेश बस्नेत घोषित भए। अन्य विधातर्फ विराटनगरका पूर्ण च्याम्जुङ उत्कृष्ट गोलकिपर, विरु गुरुङ उत्कृष्ट प्रशिक्षक र अमृत मिश्रा सर्वाधिक गोलकर्ता घोषित भए।
भर्खरै
लोकप्रिय
