जनकपुरधाम- मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ का लागि प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सातवटा संशोधन प्रस्ताव दर्ता भएको छ।
मधेस प्रदेशसभाका प्रवक्ता विपिन ठाकुरले नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गराउन समय दिइएकोमा ७ जना प्रदेशसभा सदस्यले संशोधन प्रस्ताव दर्ता गराएको जानकारी दिए ।
प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले जेठ १५ मा मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । मधेस प्रदेशसभाका प्रवक्ता ठाकुरका अनुसार पूर्व मुख्यमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेशसभा सदस्य लालबाबु राउत, नेकपा एमालेका राजकुमार लेखी, जसपा नेपालका अनिरुद्ध प्रसाद सिंह, जनमत पार्टीका शम्भुप्रसाद साह, नेपाली कम्युनिष्ट पार्टीका प्रमोद यादव, नेकपा एमालेका प्रमोद जयसवाल र जनमतका संजय कुमार यादवले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।
मधेस सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदैछ । आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
भर्खरै
लोकप्रिय
