दाङमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबु-छोराको मृत्यु

दाङमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबु-छोराको मृत्यु
+
-

दाङ– दाङको तुलसीपुरमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबु-छोराको मृत्यु भएको छ।

मृत्यु हुनेमा लमही नगरपालिका-५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका छोरा ५ वर्षीय मिनाराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी होमराज पराजुलीले जानकारी दिए।

त्यसैगरी सोही घटनामा परेर मृतककी श्रीमती ३४ वर्षीया अमृता नेपाली घाइते भएकी छन्।

दुर्घटनामा परी गम्भीर घाइते बाबु-छोराको नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते अमृताको नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

तुलसीपुरको घोराही रोडस्थित गुल्मचोकमा रा १ ख२१९२ नम्बरको टिप्पर र रा४प ३३९०को मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो।

घोराहीबाट गुल्मचोक पार गरेर उत्तर तर्फजाँदै गरेको टिप्पर र तुलसीपुरबाट लमही आउँदै गरेको मोटरसाइकल चोकमा एक आपसमा ठोक्किएका थिए।

दुर्घटना सोमबार बिहान करिब ६ बजे भएको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…