अ
+
अ
अ
-
काठमाडौँ – जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई धरौटीमा छाड्न आदेश दिएको छ।
न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मङ्गलबार लिखितसम्बन्धी कसुरमा प्रमुख सिंहलाई चार लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकले जानकारी दिए।
झुठा विवरण पेस गरेर नागरिकता बनाएको कसुरमा भने १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।
मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साले मङ्गलबार पक्राउ गरेर जिल्ला अदालतमा पेस गरेको थियो।
नगरप्रमुख सिंहले अर्काकी छोरीलाई नक्कली हस्ताक्षर गरी जन्मदर्ता, नागरिकता र राहदानी बनाएर लिखितसम्बन्धी कसुर गरेको आरोप लागेको छ।
भर्खरै
लोकप्रिय
