नेपाल–भारत सीमा विवादमा तेस्रो मुलुकलाई जोड्ने प्रयास नेपालको हित विपरीतः थापा

नेपाल–भारत सीमा विवादमा तेस्रो मुलुकलाई जोड्ने प्रयास नेपालको हित विपरीतः थापा
+
-
देशसञ्चार AI सारांश
  • नेपाली कांग्रेसका सदस्य थापाले नेपाल-भारत सीमा विवादमा बेलायतलाई सामेल गर्नु नेपालको विरुद्ध रहेको बताएका छन्।
  • संसदमा प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा विवादमा तेस्रो मुलुकलाई जोड्ने अभिव्यक्तिको थापाले विरोध गरे।
  • थापाका अनुसार यस प्रकारका संवेदनशील विषयहरू दुवै देशबीचको सम्वादबाट मात्र समाधान हुनुपर्छ।

काठमाडौँ– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य सुनिलबहादुर थापाले नेपाल-भारत सीमा विवादका विषयमा तेस्रो (बेलायत) मुलुकलाई पनि जोड्ने प्रयास नेपालको हित विपरीत रहेको बताएका छन्।

बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा नेपाल-भारत सीमा विवाद समाधानका लागि तेस्रो मुलुकलाई पनि बोलाउने भनि दिएको अभिव्यक्ति विरोध गरे। उनले बेलायतलाई नेपाल-भारत सीमा विवादमा जोड्न नहुने बताए। ‘नेपाल-भारतबीचको द्विपक्षीय प्रकृतिबीचको सीमा र भुराजनीतिक विषयमा तेस्रो मुलुकको भुमिका वा धारण जोड्ने प्रयास भएको देखिन्छ।  नेपालको सीमा, सार्वभौमसत्ता र राष्ट्रियहितसँग सम्बन्धीत विषयहरु नेपाल र भारतबीचको सम्वाद र स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान हुनुपर्छ’, थापाले भने ‘यस्तो संवेदनशील विषयमा तेस्रो पक्षलाई अनावश्यक रुपमा प्रवेश गराउनु नेपालको हितमा छैन।’

वैशाख १७ गते संसदमा सांसदहरूले नेपालको भूमि लिपुलेक, कालापानी हुँदै भारतले चीनसँग जोड्ने बाटो खोलेको विषयमा प्रश्न सोधेका थिए। त्यस समयमा प्रधानमन्त्री शाहले भारत र नेपालबीच सीमा विवादका विषयमा छलफल गर्ने तयारी रहेको र त्यसका लागि बेलायतलाई पनि पत्र पठाइएको जानकारी गराएका थिए।

प्रधानमन्त्रीको उक्त भनाइप्रति भारतले तेस्रो मुलुकको संलग्नता स्वीकार गर्न नसकिने बताइसकेको छ।

सोही विषयमा राष्ट्रिय सभा बैठकमा पनि थापाले तेस्रो मुलुकलाई नेपाल-भारत सीमा विवाद समाधानमा जोड्न नहुने बताएका हुन्।

प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधिसभामा दिएको नेपालभारत सीमासम्बन्धी अभिव्यक्ति अत्यन्त गम्भीर, दुर्भाग्यपूर्ण तथा गैरजिम्मेवार भएको बताउनुभएको छ ।

यस्तै थापाले प्रधानमन्त्रीले दिएको नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने अभिव्यक्तिले नेपालको छवि धुमिल भएको बताएका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…